गान्तोक, 08 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राज्यको प्रसिद्ध फामबोङ्लो वन्यजीव अभयारण्यको भ्रमण गरे। यो अभयारण्य लगभग 51.76 वर्ग किलोमिटरमा फैलिएको छ भने पूर्व र पश्चिम दुई हिस्सामा विभाजित छन्। अभयारण्यमा रेड पाण्डा, हिमालयी भालू र धेरै दुर्लभ पक्षीहरूका साथै औषधीय बिरुवाहरू र वन औषधीहरूको विविधता देख्न पाइन्छ।
भ्रमणको क्रममा मुख्य वन्यजीव वार्डन डा. डी. मन्जुनाथनले राज्यपाललाई क्षेत्रको विशेषताहरू र संरक्षण प्रयासहरूको बारेमा जानकारी दिए। यस अवसरमा राज्यपालले गुरासॅंको बिरुवा पनि लगाए। उनले अभयारण्यको सुन्दरता र जैवविविधताको सराहना गर्दै भने, यो स्थान प्रकृतिको काखमा बसेको जैवविविधताको खजाना हो।
यसपछि, राज्यपालले पाङथाङस्थित सिक्किम सशस्त्र पुलिस मुख्यालयको पनि भ्रमण गरे, जहॉं उनलाई गार्ड अफ् अनरका साथ स्वागत गरियो। यस अवधि राज्यपालले संस्थानको कार्यप्रणालीबारे जानकारी लिॅंदै अधिकारीहरूसॅंग कुराकानी गरे।
हिन्दुस्थान समाचार / बिशाल