गुवाहाटी, 08 सेप्टेम्बर (हि.स.)। गुवाहाटी महानगरको दिसपुर पुलिसले गुप्त सूचनाको आधारमा अभियान चलाएर प्रचुर मात्रामा हेरोइन समेत एक मणिपुर निवासी तस्करलाई पक्राउ गरेको छ।
पुलिसले सोमवार बतायो, दिसपुर पुलिस थानाको एक ईजीपीडी टीमले थाना क्षेत्रबाट ससल राधा नगर स्थित साईबाबा मन्दिर निकट एक मारूति अल्टो (एएस-01जीजी-9865) लाई रोकेर तलाशी लिँदा प्रचुर मात्रामा हेरोइन जफत गरियो।
पछि पुलिस टीमले मणिपुरको बिष्णुपुर निवासी राजेश युमनामलाई पक्राउ गऱ्यो। तलाशीमा कारबाट 355 ग्राम हेरोइन जफत गरियो, जसलाई 30 साबुनदानीमा भरेर कारभित्र बड़ो चतुर तरीकाले लुकाइएको थियो।
ड्रग्स बाहेक पुलिसले पक्रा परेको आरोपीको प्यान कार्ड, एटीएम कार्ड र ड्राइविङ लाइसेन्स पनि जफत गरेको छ। जफत गरिएको हेरोइनको दर एक करोड़ रूपियाँभऩ्दा अधिक मापिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएसको धारा अन्तर्गत एक मामिला दर्ता गरी पक्रा परेको आरोपीसित सघन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी