कलश चोरीको मामिलामा आरोपी पक्राउ
कलश चोरीको मामिलामा आरोपी पक्राउ


नयाँ दिल्ली, 8 सेप्टेम्बर (हि.स.)। उत्तरी जिल्लाको लाल किल्ला परिसरबाट चोरी भएको एक करोड़ रुपियाँको कलशकाण्डमा क्राइम ब्राञ्चले आरोपीलाई पक्राउ गरेको छ। सीसीटीभी फुटेजको आधारमा उप्रदेशको हापुड़बाट आरोपीलाई पक्राउ गरिएको हो भने उबाट कलश जफत गरिएको छ। अहिलेसम्मको जाँचमा थाहा लागे अनुसार तीनवटा कलश चोरी भएको थियो जसमध्ये एउटा मात्र जफत गरिएको छ।

उल्लेखनीय छ, गत 3 सेप्टेम्बरमा लाल किल्ला परिसरको 15 अगस्त पार्कमा जैन समाजको धार्मिक अऩुष्ठान भइरहेको थियो। यसै अवधि सुनको एउटा मूल्यवान कलश चोरी भयो जसको मूल्य लगभग एक करोड़ रुपियाँ रहेको छ। जाँचको क्रममा सीसीटीभी फुटेज हेर्दा धोती लगाएको एकजना मानिस पूजा स्थलसम्म पुग्छ अनि मौकाको फाइदा उठाएर कलशलाई आफ्नो झोलीभित्र हाल्छ अनि त्यहाँबाट भाग्छ।

यो कलश सुन र रत्न जड़ित आभूषण मात्र नभएर जैन समाजको धार्मिक आयोजनहरूमा प्रतिदिन हुने पूजनको महत्वपूर्ण अंग हो। यसमा लगभग 760 ग्राम सुन र 150 ग्राम बहुमूल्य रत्न जस्तै हीरा, पन्ना औ माणिक्य जड़ित छ। हाल पुलिसले आरोपीलाई दिल्लीमा ल्याइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande