ईडीले झारग्राममा अवैध बालुवा व्यापारी जहिरुलको घरबाट प्रचुर मात्रमा नगद जफत गऱ्यो
ईडीले झारग्राममा अवैध बालुवा व्यापारी जहिरुलको घरबाट प्रचुर मात्रमा नगद जफत गऱ्यो


कोलकाता, 08 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको झारग्राम जिल्लामा अवैध बालुवा व्यापारको जाँच गर्ने क्रममा सोमवार बिहान गोपीबल्लभरपुर क्षेत्रमा भएको छापामारीमा प्रवर्तन निदेशालय (ईडी)-ले स्थानीय व्यवसायी शेख जहिरूल अलीको घरबाट प्रचुर मात्रामा नगद जफत गरेको छ।

शुरुआती गन्तीमा 12 लाख रुपियाँ नगद जफत भएको पुष्टि गरेको छ तथापि कारबाही अहिले पनि जारी छ। यस अवधि दस्तावेजहरूको पनि जाँ गरिँदैछ। जाँच एजेन्सीको मान्यता छ, यो मामिला पश्चिम बंगालमा अवैध बालुवा तस्करीको विशाल नेटवर्कसित जोड़िएको छ।

ईडी सूत्र अनुसार जहिरुल अलीले केही वर्षअघिसम्म साइकल मिस्त्रीको काम गर्थे। त्यसपछि उ ग्राम पुलिसमा भर्ती भयो, तर अचानक नोकरी छोड़ेर बालुुवाको धन्दा गर्न थाल्यो। यसैबाट उसले रातोरात अपार सम्पत्ति आर्जन गऱ्यो। गोपीबल्लभपुरमा अवस्थित जहिरूलको घर वरपरका अधिकांश मानिसहरू नै कच्चा घरमा बस्छन्। त्यै क्षेत्रमा उसको विशाल तीन तले भवन छ जसको चारैतिर सीसीटीभी क्यामरा जड़ान गरिएको छ। स्थानीय मानिसहरू जहिरूलको कारबारदेखि अवगत छन्। तर कसैले पनि उसको विरोधमा खुलेर बोल्न सक्दैन, किनभने धेरैजना मानिसहरू उसको यस धन्दासित जोड़िएका छन्।

जहिरुलमाथि आरोप छ, सुवर्ण रेखा नदीबाट बालुवा उठाएर उसले सरकारी मूल्यभन्दा दुईगुणा भावमा बेच्दै आएको थियो। यो बालुवा कोलकाता सहित राज्यका अन्य भागहरू साथै झारखण्डसम्म पुग्थ्यो। यसै अवैध व्यापारबाट उसले वाहन तथा भव्य घर बनाएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande