छापा मार्दै गर्दा बिमार भएका ईडी अधिकारी अस्पतालमा भर्ती
छापा मार्दै गर्दा बिमार भएका ईडी अधिकारी अस्पतालमा भर्ती


नदिया, 8 सेप्टेम्बर (हि.स.)। सप्ताहको पहिलो दिन नै प्रवर्तन निदेशालय (ईडी)-लाई राज्यभरि नै एक्शन मोडमा देखियो। अवैध बालु तस्करी मामिलामा सोमवार बिहानदेखिकै विभिन्न जिल्लाहरूमा छापामारी शुरू भयो। यसै क्रममा नदिया जिल्लाको कल्याणीमा एकजना माइनिंग कम्पनीका अधिकारी धिमान चक्रवर्तीको घरमा छापा मारियो। यस अवधि एकजना ईडी अधिकारी अचानक अस्वस्थ भए।

सूत्र अनुसार अधिकारीलाई तुरून्त कल्याणीको जावहरलाल नेहरू मेमोरियल अस्पतालमा भर्ती गरियो। हाल उनको स्थिति स्थिर रहेको बताइएको छ। अस्पताल बाहिर केन्द्रिय बलका जवानहरूलाई तैनाथ गरिएको छ।

जानकारी अनुसार सोमवार भोर बिहान ईडीका केही टीमहरूले राज्यका भिन्न-भिन्न भागहरूमा पुगेर छापामारी अभियान शुरू गरे। झाड़ग्रामका केही बालुवा खानीका मालिकहरूको ठेगानामा खानतलासी गरिँदैछ। सूचीमा जहिरूल अलीको नाम पनि सामेल छ जसमाथि पछिल्लोलामो समयदेखिकै सुवर्णरेखा नदीबाट बालुवा तस्करी गरेको आरोप लागेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande