चौथो नाम्ची जिल्ला सुपर लिग 2025 को समापन, चाइल्डवुड एफसी विजयी
चौथो नाम्ची जिल्ला सुपर लिग 2025 को समापन, चाइल्डवुड एफसी विजयी


नाम्ची, 08 सेप्टेम्बर (हि.स.)। नाम्ची जिल्ला फुटबल एसोसिएशनले जिल्ला प्रशासनिक केन्द्रको संयुक्त तत्वावधानमा आयोजना गरेको चौथो नाम्ची जिल्ला सुपर लिग 2025 आज नाम्चीको भाइचुङ स्टेडियममा समापन भएको छ। यस अवसरमा शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथि थिए।

नाम्ची जिल्ला सुपर लिग 2025 अन्तर्गत आज रेड पाण्डा एफसी र चाइल्डवुड एफसीबीच फाइनल खेल सम्पन्न भयो। यस खेलमा चाइल्डवुड एफसीले प्रतिद्वन्दी दललाई 2-0 गोलले पराजित गर्दै उपाधि आफ्नो नाम गऱ्यो। विजेता दलका खेलाडी सागर गुरुङलाई म्यान अफ् द टुर्नामेन्ट र कर्म भोटियालाई सर्वाधिक गोलकर्ता पुरस्कारले सम्मानित गरियो। यसैगरी, उपविजेता दलका खेलाडी अनिथ सुब्बालाई म्यान अफ् द म्याच चयन गरियो। यस प्रतियोगिताको आयोजना गत 24 जुलाईदेखि शुरू भएको थियो, जसमा जिल्लाका सात क्लबहरूले भाग लिएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande