गान्तोक, 08 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले चेयरपर्सन तथा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतीशचन्द्र राईलाई जन्मदिनको बधाई एवं शुभकामना दिएका छन्। मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा विधायक राईलाई जन्मदिनको शुभकामना दिॅंदै उनको सुस्वास्थ्य, खुशी र समुदायको सेवामा निरन्तर सफलताको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल