पक्का लाइन ग्राम सुधार समितिद्वारा सभासद नुरी शेर्पा सम्मानित
पक्का लाइन ग्राम सुधार समितिद्वारा सभासद नुरी शेर्पा सम्मानित


सोनादा, 08 सेप्टेम्बर (हि.स.)। टुंग सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप‌ चियाबारीको पक्का लाइन ग्राम सुधार समितिद्वारा क्षेत्रीय सभासद नुरी शेर्पालाई सम्वर्द्धना जनाइएको छ।‌ यस कार्यक्रम सभासद नुरी शेर्पा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए‌।

कार्यक्रममा सभासद नुरी शेर्पाले समाजको वाल निर्माण गरिदिएकोमा आभार प्रकट गरियो। यस अवसरमा पक्का लाइन ग्राम सुधार समितिका सभापति विनय कोटी र सचिव सुनिल थामीले समाजको तर्फबाट टुंग सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पालाई सम्वर्द्धना जनाए।

मुख्य अतिथि सभासद शेर्पाले आफ्नो सम्बोधनमा भने, हामी सबै मिलेर काम गर्नुपर्छ। कुन पार्टीले के गऱ्यो भन्ने होइन, तर समाजको लागि कसले के योगदान दिएको छ, त्यो महत्वपूर्ण छ। हामी सबै मिलेर धेरै विकासका कार्यहरू गर्दै जानुपर्छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande