विद्या भारती सिक्किमद्वारा सोमबारेमा नयॉं सरस्वती संस्कार केन्द्रको शुभारम्भ
विद्या भारती सिक्किमद्वारा सोमबारेमा नयॉं सरस्वती संस्कार केन्द्रको शुभारम्भ


गान्तोक, 08 सेप्टेम्बर (हि.स.)। विद्या भारती सिक्किम प्रान्तले पश्चिम सिक्किमको सोमबारेमा नयॉं सरस्वती संस्कार केन्द्र प्रारम्भ गरेको छ। हिजो, 7 सेप्टेम्बरका दिन विद्या भारती सिक्किमका मुख्य सल्लाहकार हरिशंकर शर्माको बाहुलीद्वारा विधिवतरूपमा संस्कार केन्द्रको उद्घाटन गरियो। उद्घाटन समारोहमा संगठनका वरिष्ठ कार्यकर्ता विजय कुमार छेत्री, जेबी सुब्बा लगाएत स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।

विद्या भारती सिक्किमका संयोजक मोहन शर्माको विशेष पहल र प्रयासमा यो कार्यको शुभारम्भ भएको बताइएको छ। कार्यक्रममा देशभक्ति गीत, कार्यक्रमको प्रस्तावना, स्वागत एवं परिचय विजय कुमार छेत्रीले राखेका थिए। यस अवसरमा विद्या भारतीको कार्य, उदेश्य, कार्य योजना, संस्कार केन्द्रको आवश्यकता, सञ्चालन व्यवस्थापन आदि विषयमा विस्तारले चर्चा भयो।

संयोजक शर्माले बताए अनुसार, विद्या भारती सिक्किमको रजत जयन्ती वर्ष र राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षको उपलक्ष्यमा संस्थाले योजनापूर्वक संगठनको कार्यलाई विस्तार एवं विकास गरिरहेको छ। सरस्वती संस्कार केन्द्र सञ्चालनको लागि सबैको सहमतिमा एक समिति पनि गठन गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande