
नदिया, 01 जनवरी (हि.स.)। सीमा सुरक्षा बल (बीएसएफ)-ले पश्चिम बंगालको नदिया जिल्लामा भारत-बंगलादेश सीमा निकटबाट एक जना व्यक्तिलाई पक्राउ गरेको छ। जवानहरूले उक्त व्यक्तिबाट एक कड़ोर रुपियाँको 7 सय ग्राम वजन भएको सुनको बिस्कुट जफत गरेका छन्।
बीएसएफ सूत्र अनुसार गुप्त सूचनाको आधारमा गत 30 दिसम्बरको दिन दक्षिण बंगाल सीमान्तको 32औं बटालियनका जवानहरूले नदिया जिल्लामा अन्तर्राष्ट्रिय सीमा नजिक उत्तरपाड़ा गेदे गाउँबाट एक जना संदिग्ध व्यक्तिलाई समाते। जाँच गर्दा उक्त व्यक्तिसित सुनको बिस्कुट थियो। जाँचबुझमा उसले स्वीकार गऱ्यो, सुनको बिस्कुट उसलाी बंगलादेशी तस्करले सुम्पिएको थियो जसलाई अर्को तस्करसम्म पुऱ्याउनु थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा