बाँकुड़ामा अनियन्त्रित बोलेरोले टोटोलाई दियो ठक्कर, दुई जनाको मृत्यु
बाँकुड़ामा अनियन्त्रित बोलेरोले टोटोलाई दियो ठक्कर, दुई जनाको मृत्यु


बाँकुड़ा, 01 जनवरी (हि.स.)। नववर्षको पूर्व सन्ध्यामा पश्चिम बंगालको बाँकुड़ा जिल्लास्थित गंगाजलघाटी थाना अन्तर्गत भैरवपुर गाउँमा एउटा अनियन्त्रित बोलेरोले पहिला एउटा टोटोलाई ठक्कर दियो अनि फेरि एक जना बटुवालाई कुल्चियो। यस दुर्घटनामा दुई जना मानिसहरूको घटनास्थमै मृत्यु भयो। घटनापछि आरोपी चालक वाहन छोड़ेर भाग्यो।

दुर्घटनापछि क्षेत्रमा व्यापक तनाउ फैलियो। आक्रोशित मानिसहले राष्ट्रिय राजमार्ग-60 लाई लामो समयसम्म जाम गरिदिए जसबाट सड़कका दुवै तर्फ लामो ताँत लाग्यो अनि यातायात पूर्ण रूपले ठप्प भयो।

घटनाको सूचना पाउनसाथ पुलिस अधिकारीले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱे। पुलिसले दुर्घटनाका कारणहरू पत्तो लगाउन जाँच गरिरहेको छ। प्रारम्भिक अनुमानमा घना कुहिरोको कारण वाहन चालकले नियन्त्रण गुमायो जसबाट यो दुर्घटना भयो। साथै भगौड़ा चालकलाई खोज्न शुरू गरिएको छ।

मृतकहरूको पहिचान राहगीर कूरान घोष र टोटो चालक सोमनाथको रूपमा भएको छ। स्थानीय सूत्र मुताविक एउटा द्रूत गतिको बोलेरो वाहन राष्ट्रिय राजमार्ग-60 हुँदै बाँकुड़ातर्फ आइरहेको थियो। यसै अवधि टोटो लिएर सोमनाथ विपरीत दिशाबाट गइरहेका थिए। स्थानीय मानिसहरूले आरोप लगाएका छन्, टोटोलाई ठक्कर दिएपछि बोलेरो चालकले नियन्त्रण गुमायो अनि सड़क किनारमा हिँड़िरहेका कूरान घोषलाई कुल्चियो।

दुर्घटनापछि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर राहत कार्यमा जुटे। गम्भीर रूपमा घाइते दुवै व्यक्तिलाई अमरकानन अस्पतालमा पुऱ्याइयो जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।

हाल पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ अनि भगौड़ा आरोपीलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande