राज्य प्रशासन उदासीन, मतदान केन्द्र स्थापनाको लागि चुनाउ आयोगले स्वयं गर्नेछ आवासीय परिसरहरूको पहिचान
राज्य प्रशासन उदासीन, मतदान केन्द्र स्थापनाको लागि चुनाउ आयोगले स्वयं गर्नेछ आवासीय परिसरहरूको पहिचान


कोलकाता, 01 जनवरी। (हि.स.)। पश्चिम बंगालमाआगामी विधानसभा चुनाउपूर्व मतदान केन्द्रहरूको सन्दर्भमा चुनाउ आयोगले ठूलो फसेला लिएको छ। राज्य प्रशासनद्वारा तय सममा सूची उपलब्ध नगराइएपछि अब चुनाउ आयोगले यो जिम्मेवारी आफै निभाउने निर्णय लिएको छ। आयोगले अब आफ्नो स्वतन्त्र तन्त्रको माध्यमबाट बहुतले आवासीय परिसरहरूको पहिचान गर्नेछ जहाँ मतदान केन्द्र स्थापना गरिनेछ।

मुख्य निर्वाचन अधिकारी कार्यालयसित सम्बन्धित सूत्र मुताविक जिल्लाधिकारी तथा जिल्ला निर्वाचन अधिकारीहरूलाई यस्तो आवासीय परिसरहरूको पहिचान गर्ने निर्देश दिइएको थियो जहाँ न्यूनतम 3 सय मतदाताहरू बसोबास गर्दछन्। तर लगातार दुई पटक समय-सीमा निर्धारण गरिएको भए पनि यो सूची आयोगलाई सुम्पिइएन। गए 31 दिसम्बर अन्तिम तारिक थियो, तर अहिलेसम्म कतिपय जिल्लाहरूबाट जानकारी गराइएको छैन। त्यसैले चुनाउ आयोगले प्रशासनमाथि निर्भर नरहने फसेला गरेको छ।

सूत्रले बतायो, आयोगले चाँड़ै यस सम्पूर्ण प्रक्रियालाई लिएर विस्तृत योजना जारी गर्नेछ। आयोगले यो पनि तय गर्नेछ, कुन परिसरमा मतदान केन्द्र बनाइनेछ अनि त्यहाँ व्यवस्थाहरू कस्तो गरिनेछ। चुनाउ आयोगले यो पनि स्पष्ट पारेको छ, यदि कुनै आवासीय परिसरको मालिकाना संगठन वा समितिले परिसरभित्र मतदान केन्द्र बनाउने अनुमति दिएन भने आयोगलेनजिकै कुनै स्थानमा अस्थायी मतदान केन्द्र बनाउनेछ। यस्तो अस्थायी केन्द्रलाई यस आधारमा चयन गरिनेछ कि वरपर अवस्थित एकभन्दा अधिक आवासीय परिसरहरूबाट मतदाताहरू त्यहाँ सहजै आएर मतदान गर्न सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande