
इम्फाल, 11 जनवरी (हि.स.)। मणिपुरका विभिन्न जिल्लाहरूमा बितेका 24 घण्टाभित्रमा संचालित समन्वित अभियानहरूको क्रममा सुरक्षा बलहरूले भारी मात्रामा हतियार अनि गोला-बारूद जफत गरेका छन् साथै दुईजना उग्रवादी क्याडरहरूलाई पनि पक्राउ गरेका छन्।
अधिकारीहरू अनुसार कांगपोकपी जिल्लाको कांगचुप थाना अन्तर्गत अवलमुन गाउँ वरपर संचालित खोजी अभियान अवधि एउटा एके-47 राइफल, केही सिंगल र डबल ब्यारल राइफल, बोल्ट एक्शन हतियार, इम्प्रोभाइज्ड मोर्टर, ह्याण्ड ग्रेनेड, विभिन्न प्रकारका जीवित कारतूस, सञ्चार उपकरण औ युद्धक परिधान जफत गरियो।
यसै दिन अर्को अभियानमा चुराचाँदपुर जिल्लाको चुराचाँदपुर थाना क्षेत्रका साइडन र चांगपिकोट गाउँ वरिपरीबाट एउटा सिंगल ब्यारल राइफल जफत गरियो।
यसबीच थौबल थाना क्षेत्रको अथोकपाम खुन्नौ क्षेत्रबाट केवाईकेएल (सोरेपा)- का क्याडर एलांगबाम प्रेमचन्द सिंह, निवासी हियांगलाम वाराखोंग, काकचिंग जिल्लालाई पक्राउ गरियो भने उबाट एउटा होण्डा एक्टिभा स्कुटर र सिम कार्ड सहित मोबाइल फोन जफत गरियो।
यसरी नै सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको सिंगजामेई थाना अन्तर्गत सिंगजामेई मायेंगबाम लेईकाईबाट प्रेपाकका सक्रिय क्याडर मयेंगबाम रोशन मैतेई उपनाम पंगनबा (28)-लाई पक्राउ गऱ्यो भने उसको कब्जाबाट एउटा मोबाइल फोन जफत गरियो। मामिलाको अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा