पुरुलियाबाट फर्किरहेका शुभेन्दु अधिकारीको लावा-लस्करमा ढुङ्गामुड़ा भएको आरोप, क्षेत्रमा व्यापक तनाउ
पुरुलियाबाट फर्किरहेका शुभेन्दु अधिकारीको लावा-लस्करमा ढुङ्गामुड़ा भएको आरोप, क्षेत्रमा व्यापक तनाउ


पश्चिम मेदिनीपुर, 11 जनवरी (हि. स.)। जिल्लाको चन्द्रकोणा रोड क्षेत्रमा गए शनिवार राती त्यसबेला राजनीतिक तनाउ चरममा पुग्यो जतिबेला राज्य विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीको लावा-लस्करमा कथित रूपमा तृणमूल कंग्रेस समर्थकहरूद्वारा हमला गरिएको आरोप लाग्यो। घटनाको विरोधमा शुभेन्दु अधिकारीले चन्द्रकोणा रोड पुलिस चौकीभित्र लगभग पाँच घण्टासम्म धरना प्रदर्शन गरे अनि अबेर राती मशाल जुलूस निकालेर विरोध जनाए।

जानकारी अनुसार शुभेन्दु अधिकारी पुरुलियाबाट एक कार्यक्रममा सहभागी भएर फर्किरहेका थिए। चन्द्रकोणा रोड भएर जाने क्रमा भाजपा कार्यकर्ता तथा समर्थकहरू उनलाई स्वागत गर्नको लागि सड़क किनारमा भेला भएका थिए। आरोप छ, यसै अवधि अगाड़िबाट तृणमूल कंग्रेसका कार्यकर्ताहरूले भाजपा समर्थकहरूलाई घेरेर उनीहरूमाथि हमला गरे। यस अवधि शुभेन्दुको लस्करका लगभग दुई वटा वाहनमा तोड़फोड़ गरिएको दाबी गरिएको छ।

घटना बारे जानकारी पाउनसाथ चन्द्रकोणा रोड चौकी सहित वरपरका थानाहरूबाट भारी मात्रामा पुलिस बल घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याउन जुट्यो। तथापि शुभेन्दु अधिकारले पुलिसको भूमिकामाथि प्रश्न तेर्साउँदै आरोपीहरूलाई तत्काल पक्राउ गर्ने माग गरे। त्यसपछि उनी आफ्ना सहयोगी एवं कार्यकर्ताहरूको साथमा पुलिस चौकीका प्रभारी (आईसी) कक्ष सामु भुइँमा धरनामा बसे।

मीडियासित बातचित गर्दै अधिकारीले आरोप लगाए, उनको लस्करमाथि सुनियोजित तथा ज्यानमारा हमला गरियो। उनले भने, हामीमाथि ज्यानमारा हमला भएको छ। लौरो, बाँसको भाटा सहित केरोसिनसम्म ल्याइएको थियो। यस्तो घटना सबैको आँखा अगाड़ि भएको हो। बंगालमा ‘जंगलराज’ चलिरहेको छ। एकजना निर्वाचित जनप्रतिनिधिको लस्कर पनि सुरक्षित छैन। त्यसैले यस मामिलामा गैर-जमानती धाराहरू लगाउनुपर्छ, नत्र म अदालतको ढोका ढक्ढकाउनेछु।

भनिन्छ, अबेर रातीसम्म शुभेन्दु अधिकारी आफ्ना समर्थकहरूको साथमा चौकीमा धरमा डटिरहे। लगातार विरोध तथा दबाव पश्चात पुलिसले अबेर राती लगभग एक बजे आरोपीहरूविरूद्ध एफआईआर दर्ता गऱ्यो। त्यसपछि राती लगभग डेढ़ बजे अधिकारी चौकीबाट बाहिरिए अनि मशाल जुलूसको माध्यमबाट घटनाको विरोधमा प्रदर्शन गरे। मशाल जुलूस समाप्त भएपछि उनले घोषणा गरे, यस हमलाको विरोधमा आगामी 13 जनवरीमा चन्द्रकोणा रोडमा एक विशाल ऱ्याली निकालिनेछ।

अर्कोतिर तृणमूल कंग्रेसले भाजपाका आरोपहरूलाई शिराबाटै खारेज गरिदिएको छ। मेदिनीपुर संगठनात्मक जिल्ला तृणमूलका अध्यक्ष सुजय हाजराले भने, शुभेन्दु अधिकारीले मानसिक सन्तुलन गुमाएका छन्। यो सम्पूर्ण मामिला भाजपाको आन्तरिक मामिला हो। आगामी 15 जनवरीमा नन्दीग्राममा सेवा शिविरको आयोजन गरिँदैछ, त्यहाँ आयो भने उनको उपचार पनि गरिनेछ।

यसअघि मेदिनीपुर संगठनात्मक जिल्ला तृणमूलका उपाध्यक्ष निर्मल घोषले पनि सबै आरोपहरूलाई नकार्दै भनेका थिए, यो भाजपाको गुटीय संघर्षको परिणाम हो र तृणमूलको योसित कुनै लिनु-दिनु छैन।

हाल क्षेत्रमा फैलिएको तनाउलाई ध्यानमा राख्दै चन्द्रकोणा रोड तथा वरपरका क्षेत्रहरूमा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ। प्रशासनले स्थितिमाथि कड़ा नजर राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande