
दक्षिण 24 परगना, 11 जनवरी (हि. स.)। जिल्लाको चम्पाहाटी क्षेत्रस्थित एक पटाका कारखानामा भएको विस्फोटमा घाइते भएका एकजना व्यक्तिको गए शनिवार उपचारको क्रममा मृत्यु भयो। मृतकको पहिचान गौरहरी गांगुलीको रूपमा भएको छ जसलाई गम्भीर अवस्थामा एमआर बांगुर अस्पताल, कोलकातामा भर्ती गरिएको थियो। पारिवारिक सूत्रानुसार गए शनिवार राती लगभग 12:30 बजे गौरहरीको मृत्यु भयो।
अस्पताल सूत्र अनुसार युवकको शरीर 100 प्रतिशत जलिसकेको थियो। चिकित्सकहरूले हरसम्भव प्रयास गरेर पनि उसको ज्यान बचाउन सकेनन्। यसै विस्फोटमा घाइते भएका अन्य तीनजनाको उपचार भइरहेको छ। किशन अधिकारी नामक फ्याक्ट्रीका कर्मचारीको एमआर बांगुर अस्पतालमा उपचार भइरहेको छ।
अस्पताल सूत्र अनुसार उनको शरीरको लगभग 30 प्रतिशत भाग जलेको छ र उसको स्थिति हाल स्थिर छ। विश्वजित मण्डल र राहुल पुई नामक अन्य दुईजना घाइतेहरूको उपचार पंचसायर क्षेत्रस्थित एक निजी अस्पतालमा भइरहेको छ।
डक्टरहरू अनुसार राहुलको अवस्था अत्यन्त गम्भीर छ र उनको शरीर लगभग 95 प्रतिशत जलिसकेको छ।
उल्लेखनीय छ, यो विस्फोट शनिवार बिहान चम्पाहाटीको हारालेस्थित एक पटाका कारखानामा भएको थियो। उक्त भयानक विस्फोटमा कारखानाको एस्बेस्टरको छानो नै उडेको थियो भने ईँटाले बनिएको कोठा पूर्ण रूपले ध्वस्त भएको थियो। वरपरका घर एवं रूखहरूलाई समेत नोक्सान पुगेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा