यौन उत्पीड़नको मामिलामा पाँच वर्षदेखि भगौड़ा आरोपी पक्राउ
यौन उत्पीड़नको मामिलामा पाँच वर्षदेखि भगौड़ा आरोपी पक्राउ


नयाँ दिल्ली, 11 जनवरी (हि.स.)। दिल्ली पुलिस, क्राइम ब्राञ्चको एन्टी-रोबरी एण्ड स्न्याचिंग सेलले यौन उत्पीड़न औ आपराधिक धम्कीको एक गम्भीर मामिलामा पाँच वर्षदेखि भगौड़ा आरोपीलाई पक्राउ गरेको छ। आरोपी वर्ष 2021-देखि नै पुलिसलाई छक्याएर भागिरहेको थियो जसलाई अदालतले पनि भगौड़ा घोषित गरिसकिको थियो।

एन्टी-रोबरी एण्ड स्न्याचिंग सेलका पुलिस उपायुक्त सञ्जीव कुमार अनुसार पक्रा पर्ने आरोपीको पहिचान सुमित मिश्रा (34)-को रूपमा भएको छ जो रन्होला थानामा दर्ताा दुष्कर्मको मामिलामा भागेको थियो। क्राइम ब्राञ्चको टीमले आरोपीलाई गए 10 जनवरीको दिन बाहिरी दिल्लीबाट समातेको हो।

पुलिस उपायुक्तले बताए, पछिल्लो 7 मार्च, 2021-मा पीड़िताले थाना रन्होलामा सिकायत दर्ता गराएकी थिई। पीड़िता दिल्ली सरकारद्वारा संचालित 'मोहल्ला क्लिनिक'-मा कार्यरत थिई। सिकायतानुसार सिभिल डिफेन्सको नोकरीको लागि फारम भराउनको लागि उ आरोपीको दोकानमा गएकी थिई। यसै अवधि आरोपीले उसको मोबाइल नम्बर हासिल गरेर सम्पर्क बढ़ायो। पीड़ितालाई गर्भवती बनाउनको साथै आरोपीले आपत्तिजनक भीडियोहरू परिवारलाई पठाएर धम्की दियो।

मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै पुलिसले आरोपीविरूद्ध मुद्दा दर्ता गऱ्यो, तर उ लगातार भागिरह्यो। अदालतको आदेशमा 2 जुलाई, 2021-मा उसलाई भगौड़ा घोषित गरियो। पुलिस अनुसार आरोपीले पक्राउदेखि बच्नको लागि हरियाणा, हिमाचल तथा उत्तराखण्डमा विभिन्न कामहरू गर्दै बस्यो।

पुलिस उपायुक्तले बताए, हालैमा प्राप्त गुप्त सूचनाको आधारमा क्राइम ब्राञ्चले तकनिकी निगरानी तथा सुराखी तन्त्रलाई सक्रिय बनायो। त्यसपछि 10 जनवरीको दिन उसलाई बाहिरी दिल्लीबाट पक्राउ गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande