जाली आधार-प्यानबाट कड़ोरौंको ठगी, तीन पक्राउ, पाँच लग्जरी वाहन जफत
जाली आधार-प्यानबाट कड़ोरौंको ठगी, तीन पक्राउ, पाँच लग्जरी वाहन जफत


नयाँ दिल्ली, 11 जनवरी (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चको साइबर सेलले संगठित वाहन लोन धोकाधड़ी गर्ने गिरोहको भण्डाफोर गर्दै तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूले जाली आधार कार्ड, प्यान कार्ड र मनगढ़न्ते आईटीआरको माध्यमबाट विभिन्न ब्यांकहरूबाट वाहन लोनमा लिएर सुनियोजित रूपमा किस्ता चुकाउँदैन थिए। पुलिसले आरोपीहरूको कब्जाबाट मर्सिडीज, ब्रेजा, अल्ट्रोज, स्कर्पियो-एन र टोयोटा हिलक्स समेत पाँच वटा वाहन जफत गरेको छ।

क्राइम ब्राञ्चका पुलिस उपायुक्त आदित्या गौतमले आइतवार बताए, गत 25 दिसम्बर, 2025-मा प्राप्त गुप्त सूचनाको आधारमा साइबर सेलको टीमले जाँच शुरू गऱ्यो। जाँचमा थाहा लाग्यो, लोन स्वीकृत भएपछि आरोपीहरूले वाहनलाई अन्य क्षेत्रमा रेजिस्ट्रेशन गराएर ट्र्याकिंग गरी बच्थे अनि पछि यसलाई बेचिदिन्थे। तकनिकी विश्लेषणमा यो पनि पाइयो, अलग-अलग नामबाट बनिएको आधार कार्ड र प्यान कार्डमा अंकित तस्वीरहरू एउटै मानिसको थियो।

पुलिस उपायुक्त अनुसार घटनाको जाँच गर्ने क्रममा मुख्य आरोपी तिलक नगर निवासी अमन उपनाम श्याम सुन्दर उपनाम राहुल कपूर (46)-लाई गत 25 दिसम्बरमा पक्राउ गरिएको थियो। जाँचबुझमा उसले केही जाली पहिचान बनाएर ब्यांक खाता खोलाएको अनि त्यै खाताको माध्यमबाट वाहन लोनमा लिएको कुरा स्वीकार गऱ्यो। पछि यी सबै लोनहरू एनपीए घोषित भयो।

अग्रिम जाँचमा सह-आरोपी धिरज उपनाम आलोक उपनाम सिद्धार्थ, निवासी नजफगढ़लाई गत 8 जनवरीको दिन समातियो। उसले पनि अमनसित मिलेर जाली दस्तावेजहरूको माध्यमबाट लोन लिएर वाहन बेचेको कुरा स्वीकार गऱ्यो।

यसै क्रममा जाली आधार कार्ड तयार गर्ने नेटवर्कको खुलासा भएपछि नजफगढ़स्थित साई दस्तावेज केन्द्रका संचालक नरेश कुमारलाई गत 9 जनवरीको दिन पक्राउ गरियो। उबाट मोबाइल फोन, आई स्क्यानर, बायोमेट्रिक स्क्यानर, वेब क्यामरा र पीवीसी कार्ड मशिन जफत गरियो।

पुलिसले बतायो, अमनबाट तीन वटा वाहन (टाटा अल्ट्रोज, मारुति ब्रेजा र मर्सिडीज) तथा धिरजबाट दुई वटा वाहन (स्कर्पियो-एन र टोयोटा हिलक्स) जफत गरिएको छ। मामिलामा सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरी अग्रिम जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande