
खरसाङ, 11 जनवरी (हि.स.)। तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीमा मानव अधिकार फोरमको सभा सम्पन्न भएको छ। उक्त सभा जंगपाना चियाबारीको कारखाना परिसरमा बगानका मुख्य प्रबन्धक रविन्द्र चौधरीको विशेष अतिथिमा र मानव अधिकार फोरम जिल्ला अध्यक्ष सागर गुरुङको अध्यक्षमा सम्पन्न भयो।
जंगपाना चियाबारी क्षेत्रबाहेक वरिपरि क्षेत्रका मानव अधिकार फोरमका सम्पूर्ण सदस्य लगायत नव सदस्यहरूलाई लिएर सभा गरिएको थियो। सभामा मानव अधिकार फोरमका राष्ट्रिय कार्यकारी सदस्य श्रीराज कुमार, राष्ट्रिय अध्यक्ष एस रेहमान, प्रफुल, रञ्जित बोन्जो आदिको विशेष उपस्थितिमा वार्षिक साधरण सभा सम्पन्न भयो। सभामा मानव अधिकार फोरममा नयाँ सदस्य सदस्याहरुलाई स्वागत जनाइयो। यसका साथै मानव अधिकार फोरमले आगामी दिनमा गर्ने विभिन्न कार्यहरु र योजना विषयमा चर्चा परिचर्चा गरेको थियो।
सभापछि पत्रकारहरुसित कुराकानी गर्दै मानव अधिकार फोरमको दार्जिलिङ जिल्ला अध्यक्ष सागर गुरुङले मानव अधिकार फोरमको सभा जंगपाना चियाबारीमा सम्पन्न भएको, जसमा जंगपाना चियाबारी र वरिपरिका गाउँहरूका मानिसहरु साथै मानव अधिकार फोरमको राष्ट्रिय स्तरका पदाधिकारीहरुको उपस्थिति रहेको बताए। उनले मानव अधिकार फोरमको तर्फबाट जंगपाना चियाबारीमा रहेका मानिसहरुलाई सहयोग गरिने बताए।
---------------
हिन्दुस्थान समाचार / हनोक