22 वर्षपछि महासंयोगमा मकर संक्रान्ति: एकादशी सहित पाइनेछ दुई गुणा पुण्य
22 वर्षपछि महासंयोगमा मकर संक्रान्ति: एकादशी सहित पाइनेछ दुई गुणा पुण्य


जयपुर, 11 जनवरी (हि.स.)। यस वर्ष मकर संक्रान्तिको पर्वले श्रद्धालुहरूको लागि विशेष धार्मिक तथा आध्यात्मिक महत्व बोकेर आएको छ। लगभग 22 वर्षपछि मक संक्रान्ति एकादशीको तिथिमै परेको छ जसबाट यो पर्व महासंयोग बन्न पुगेको छ। यस्तो दुर्लभ संयोग वर्ष 2003 पश्चात पहिलो पटक बनिएको छ। शास्त्र अनुसार यस योगमा गरिएको दान-पुण्य, व्रत, जप-तप औ पूजा-अर्चनालाई कैयौं गुणा फलदायी मानिन्छ। विशेष कुरा के छ भने यसपालि श्रद्धालुहरूलाई दुई दिनको पुण्यको अवसर प्राप्त हुनेछ तथापि दानका वस्तुहरू तिथि अनुरूप भिन्न-भिन्नै हुनेछ।

ज्योतिषाचार्य बनवारी लाल शर्माले बताए, आगामी 14 जनवरीमा मकर संक्रान्तिसितै एकादशीको पर्व पनि परेको छ। यस दिन सूर्य अपरान्ह 3 बजेर 22 मिनटमा धनु राशिदेखि मकर राशिमा प्रवेश गर्नेछ जसलाई संक्रान्ति काल मानिनेछ। एकादशी तिथि भएको कारणले यस दिन चामल वा खिचड़ी दान गर्नु हुँदैन। त्यसैले शास्त्रसम्मत रूपमा तिल, गुँड़, तिलको तेल, जौ तथा ऊनको वस्त्र दान गर्नाले विशेष पुण्य पाइनेछ। उनले बताए, यस दिन सर्वार्थ सिद्धि योग तथा अमृत सिद्धि योग पनि बनिरहेको छ जसबाट दान-पुण्य अनि जप-तपको महत्व अझ बढ़ी बढ़्नेछ। तिल-गुड़ दान गर्नाले शनि दोषको हरण, स्वास्थ्य लाभ तथा आर्थिक सुख प्राप्ति हुने मानिन्छ।

ज्योतिषाचार्य शर्माले अझ बताए, 15 जनवरीलाई उदया तिथि मानिन्छ। यस दिन सूर्योदयसितै संक्रान्ति पर्वलाई विधिवत रूपमा पालन गर्न सकिन्छ। यस दिन श्रद्धालुहरूले चामल र खिचड़ी दान गर्न सक्नेछन्। 15 जनवरीमा दान-पुण्यको पुण्य काल अपरान्ह 1 बजकर 32 मिनटसम्म रहनेछ। 14 जनवरीमा एकादशी परेको कारणले चामल दान गर्नेलाई लिएर सशंकित रहेका श्रद्धालुहरूको निम्ति 15 जनवरी सर्वोत्तम दिन हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande