नेता प्रतिपक्षमाथि हमलालाई लिएर अमित मालवीयले तृणमूल नेतृत्वलाई गरे लक्षित
नेता प्रतिपक्षमाथि हमलालाई लिएर अमित मालवीयले तृणमूल नेतृत्वलाई गरे लक्षित


कोलकाता, 11 जनवरी (हि.स.)। पश्चिम बंगालमा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको लक्सरमाथि भएको हमलालाई लिएर राजनीतिक घमासान तीव्र भएको छ। भारतीय जनता पार्टी (भाजपा)- का आईटी सेल प्रमुख अमित मालवीयले गए शनिवार अबेर राती सोशल मीडिया मञ्च एक्समा एउटा पोस्ट गरी मुख्यमन्त्री ममता ब्यनर्जीमाथि गम्भीर आरोप लगाए।

अमित मालवीयले आफ्नो पोस्टमा दाबी गरे, नेता प्रतिपक्षमाथि भएको हमला कुनै स्वतः स्फूर्त घटना होइन, यसलाई सत्तासिन तृणमूल कंग्रेसका शीर्ष नेतृत्वको इशारामा परिणाम दिइएको हो। उनले आरोप लगाए, मुख्यमन्त्री ममता ब्यनर्जीले सत्ता बचाउने हताशामा राजनीतिक हिंसालाई प्रेरित गरिरहेकी छन्।

भाजपा नेताले भने, सत्ताको दुरूपयोग गरी विपक्षलाई डर देखाउने तथा संस्थानहरूमाथि दबाव बनाउने चेष्टा गरिँदैछ, तथापि भाजपालाई रोक्न सकिएन। उनले यो पनि भने, नेता प्रतिपक्षमाथि भएको हमलाले राज्यमा बढ़्दो असहिष्णुता र डरको राजनीतिलाई दर्शाउँछ।

आफ्नो पोस्टमा अमित मालवीयले दाबी गरे, पश्चिम बंगालका जनताले यस सम्पूर्ण घटनाक्रमलाई नियालेर हेरिरहेका छन्। उनले भने, जनताको आक्रोश बढ़िरहेको छ र यसपालिको विधानसभा चुनाउमा यसको जवाफ निर्णायक रूपमा दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande