
देहरादून, 11 जनवरी (हि.स.)। अंकिता भण्डारी हत्याकाण्डको सीबीआई जाँचको मागलाई लिएर विभिन्न राजनीतिक एवं अराजनीतिक संगठनहरूले आइतवार उत्तराखण्ड बन्दको आह्वान गरेका छन्। तथापि मुख्यमन्त्रीले सीबीआई जाँचको संकेत दिएपछि कतिपय व्यापारिक संगठनहरू बन्ददेखि टाँड़िएका छन्।
प्राप्त जानकारी अनुसार राज्यका विभिन्न व्यापार मण्डल तथा ट्याक्सी-बस यूनियनहरूले यो स्पष्ट पारेका छन्, प्रकरणमा विधिसम्मत कारबाही भइरहेको कारणले उनीहरू बन्दलाई समर्थन गर्ने छैनन् र आफ्नो व्यापारिक एवं परिवहन कार्यलाई सुचारू रूपमा जारी राख्नेछन्।
व्यापारिक संगठनहरूले बन्द अवधि कुनै पनि प्रकारको बलजफ्ती वा कार्यहरूमा बाधा दिन सक्ने आशंकालाई मध्यनजर गर्दै एसएसपी देहरादूनसित पुलिस सुरक्षाको माग गरेका छन्। प्रशासनले पनि बन्दलाई केन्द्र गर्दै सुरक्षा व्यवस्थालाई कड़ा बनाइदिएको छ। पलटन बजार देहरादूनमा पनि बन्दको मिश्रित प्रभाव देखियो।
यसबीच एसएसपी देहरादूनले आम जनसाधारणसित अपील गर्दै भनेका छन्, सबै प्रदर्शन शान्तिपूर्ण एवं संवैधानिक ढंगमा गरियोस्। उनले चेताउनी पनि दिएका छन्, यदि कुनै व्यक्तिले बलजफ्ती बजार बन्द गराउने, सार्वजनिक परिवहनमा रोक लगाउने तथा कानून व्यवस्थालाई भंग गर्ने प्रयास गऱ्यो भने सम्बन्धित व्यक्तिविरूद्ध कड़ा कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा