
गुवाहाटी, 11 जनवरी (हि.स.)। असम प्रदेश कंग्रेस कमिटी (एपीसीसी)- का अध्यक्ष एवं लाेकसभा सांसद गौरव गोगोईको उपस्थितिमा आइतवार केही नेताहरूले औपचारिक रूपमा कंग्रेस पार्टीको सदस्यता ग्रहण गरे। गुवाहाटीस्थित मानवे्द्र शर्मा कम्प्लेक्समा आयोजित एक कार्यक्रममा विभिन्न संगठन एवं राजनीतिक दलहरूसित जोड़िएका नेताहरूलाई कंग्रेसमा स्वागत गरियो।
कार्यक्रममा अल असम माइनोरिटी स्टुडेण्ट्स यूनियन (आम्सू)- का पूर्व अध्यक्ष रेजाउल करिम सरकार सहित संगठनका केही पूर्व उपाध्यक्ष कंग्रेसमा सामेल भए। यस अतिरिक्त विगत लामो समयसम्म एमएमके अध्यक्ष रहेका मिशिंग समुदायका नेता रूप कुमार मेधी पनि कंग्रेसमा सामेल भए। यस अवसरमा भाजपाको राजनीतिक मामिला समितिका सदस्य मनोज महन्त, चिला बसुमतारी, अरुण बसुमतारी, मृन्मय कलिता, अलकेश मेधी समेत केही अन्य विशिष्ट व्यक्तिहरूले समेत औपचारिक रूपमा कंग्रेस पार्टीमा प्रवेश गरे।
यस सामेलीकरण कार्यक्रममा अखिल भारतीय कंग्रेस कमिटीका सचिव मनोज चौहान सहित प्रदेश कंग्रेसका केही वरिष्ठ नेताहरू उपस्थित थिए। पार्टी नेतृत्वले यसलाई संगठनलाई मजबुत बनाउने दिशामा एक महत्वपूर्ण कदम बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा