
खरसाङ, 11 जनवरी (हि.स.)। मतदाता विशेष गहन पुनरीक्षण (एसआईआर) मा चियाबारी क्षेत्रमा रहेका मतदाताहरुका लागि चुनाउ आयोगले चियाबारीको रेकर्डलाई मान्यता दिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको तर्फबाट चुनाउ आयोग र सरकारलाई धन्यवाद दिएका छन्।हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले एसआईआरमा चियाबारी क्षेत्रमा रहेका मतदाताहरुका लागि चुनाउ आयोगले चियाबारीको रेकर्डलाई मान्यता दिएको जानकारी गराए। उनले आफुहरुलाई महकुमा शासक र खण्ड विकासबाट एसआईआरमा चियाबारी क्षेत्रमा रहेका मतदाताहरुका लागि चियाबारीको रेकर्ड प्रयोग गर्न सकिने भएको जानकारी गराएको बताए। उनले चियाबारी क्षेत्रमा रहेका मतदाताहरुको जन्म प्रमाणपत्र र माध्यमिकको एडमिन नहुने हुनाले धेरै समस्या भएकाले यस बिषयमा चुनाउ आयोगले चियाबारीको रेकर्डलाई मान्यता दिएको जानकारी गराए।
उनले भने, एसआईआरमा चियाबारी क्षेत्रमा कार्यरत् श्रमिकहरु र अवकाशप्राप्त श्रमिकहरुको चियाबारी काम गरेको पुरानो रेकर्ड हुने गरेको र विशेष गरेर पीएफमा सबैको नाम, काम जोइन गरेको समय र प्रत्येकको आफ्नोे प्रोफाइल हुने भएकाले सबैले उक्त पीएफको प्रोफाइल आफ्नो आफ्नो चियाबारीको कार्यालयबाट प्राप्त गर्न सक्नेछन्। सागर गुरुङले भने, 'कानले काग लग्यो भन्दैमा दगुर्ने होइन, तर सचेत भएर काम गर्नुपर्छ। सबैले आफ्नो आफ्नो चियाबारीको कार्यालयबाट पीएफको प्रोफाइल लिएर बुझाउन सक्नेछन्, किनभने त्यसमा नाम, चियाबारीमा काम जोइन गरेको समय, जन्म र ठेगाना हुने भएकाले राम्रो हुन्छ।'
---------------
हिन्दुस्थान समाचार / हनोक