
सिलगढ़ी, 11 जनवरी (हि.स)। पश्चिम बंगालका नेता प्रतिपक्ष शुभेन्दु अधिकारीमाथि भएको हमलालाई लिएर केन्द्रिय मन्त्री तथा भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारले राज्य सरकारमाथि चर्को हमला गरेका छन्। जलपाईगुड़ी जिल्लाको मयनागुड़ीमा आयोजित एक सभामा सामेल हुनपूर्व आइतवार बिहान बागडोगरा एयरपोर्टमा पत्रकारहरूसित बातचित गर्दै उनले यस घटनालाई “बर्बर र लोकतन्त्रमाथि हमला” बताएका छन्।
सुकान्त मजुमदारले भने, गए शनिवार राती झाड़ग्रामबाट फर्किँंदा शुभेन्दु अधिकारीमाथि पुलिसको उपस्थितिमै हमला गरियो। यो पूर्ण रूपले लोकतन्त्रको हत्या गर्ने प्रयास हो जसलाई भाजपाले कहिल्यै स्वीकार्ने छैन। उनले आरोप लगाए, यस किसिमको घटना बारम्बार भइरहेको छ। कहिले नेता प्रतिपक्षको वाहन रोकिन्छ त कहिले प्रदेश अध्यक्षको लस्करमा हला गरिन्छ।
उनले दाबी गरे, मुख्यमन्त्री ममता ब्यनर्जीले सुनियोजित रूपमै यस्तो स्थिति उत्पन्न गरिरहेकी छन् ताकि केन्द्र सरकारलाई कड़ा कदम उठाउनको लागि बाध्य बनाउन सकियोस् अनि सहानुभूतिको सहारामा सत्तामा फर्किन सकोस्। तर यसपालि जनताले तृणमूल कंग्रेसलाई विदा दिने फसेला गरिसकेका छन्।
सुकान्त मजुमदारले भने, बंगालमा आतंकको माहोललाई रोक्नको लागि चुनाउ आयोगले कड़ा कदम उठाउनुपर्छ। आवश्यकता परे अहिलेबाटै केन्द्रि बलहरूलाई तैनाथ गरिनुपर्छ ताकि निष्पक्ष अनि शान्तिपूर्ण चुनाउ सुनिश्चित गर्न सकियोस्। शुभेन्दु अधिकारीको घटनामा तृणमूल कंग्रेसद्वारा जारी भीडियोलाई लिएर उनले भने, यदि कुनै संरक्षित व्यक्तिमाथि हमला हुन्छ भने उसको सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरूले उसलाई बचाउनको लागि आवश्यक उठाउनेछन्।
उनले प्रश्न उठाए, विरोधको नाममा कुनै नेतामाथि लौरोले हमला गर्नु के लोकतान्त्रिक आन्दोलन हो? सुकान्त मजुमदारले आरोप लगाए, मुख्यमन्त्री ममता ब्यनर्जीले भयपूर्ण वातावरण सृजना गर्ने चेष्टा गरिरहेकी छन्। तर बंगालका जनता डराउनेवाला छैनन्। उनलाई सत्ताच्युत पारेरै छाड़्नेछन्।
बाँकी धनराशिको मुद्दामा तृणमूल कंग्रेसको प्रतिनिधिमण्डललाई उनले “डेली ड्रामा”-को संज्ञा दिँदै भने, पैसा माग्नअघि हिसाब दिनुपर्छ। उनले यो पनि आरोप लगाए, बंगालमा सुरक्षा व्यवस्था पूर्ण रूपले डगमाइसकेको छ, त्यसैले ईडीको कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा