कुपवाड़ाको करनाहमा आगो लाग्दा तीनवटा घर र गौशाला जलेर खरानी, हृदय गति रोकिएर बुजुर्गको मृत्यु
कुपवाड़ाको करनाहमा आगो लाग्दा तीनवटा घर र गौशाला जलेर खरानी, हृदय गति रोकिएर बुजुर्गको मृत्यु


कुपवाड़ा, 11 जनवरी (हि.स.)। आइतवार उत्तरी कश्मीरमा कुपवाड़ा जिल्लाको कंडी करनाह क्षेत्रमा गए राती भयानक आगो लाग्यो जसमा तीन वटा आवासीय घर र एउटा गोठ जलेर खरानी भयो।

अधिकारीहरूले बताए, आगलागी कंडी करनाह निवासी खालिद अहमद कुरैशी, दानिश अहमद कुरैशी औ फारूक अहमद कुरैशीको घरमा भएको हो भने यस आगलागीमा दानिश अहमद क़ुरैशीको गोठ पनि जलेर नष्ट भयो साथै चार वटा गाई-गोरूको मृत्यु भयो।

घटना भइरहेको समय अब्दुल मजिद कुरैशी (80) नामक बुजुर्ग व्यक्ति कथित रूपमा आफ्नो छोराको घर आगलागीमा नष्ट भएको देखेर अचेत भए। उनलाई उपजिल्ला अस्पताल टंगडारमा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।

पुलिस, सेनाका जवान औ स्थानीय मानिसहरूको सहयोगमा टंगडारका दमकल वाहनहरूले आगोलाई नियन्त्रण गरे। अधिकारीहरूले बताए, आगलागीको कारण बिजुलीको शर्ट सर्किट रहेको मानिँदैछ। क्षय-क्षतिको मूल्यांकन गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande