
नयाँ दिल्ली, 11 जनवरी (हि.स.)। पुरानो दिल्लीको तुर्कमान गेट क्षेत्रस्थित दरगाह फैज-ए-इलाही मस्जिद निकट अवैध अतिक्रमण हटाउने क्रममा भएको हिंसाको मामिलामा पुलिसले कारबाहीलाई तीव्रता दिएको छ। आइतवार यस प्रकरणमा थप दुईजना आरोपीहरूलाई पक्राउ गरिएको छ जसको पहिचान फहिम उपनाम सानु (30) र मोहम्मद शहजाद (29)-को रूपमा भएको छ। यी दुई गरी अहिलेसम्ममा यस मामिलामा 18 जना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ।
पुलिस अनुसार फहिम उपनाम सानु, निवासी गली गुड़ियाँ, तुर्कमान गेट औ मोहम्मद शहजाद, निवासी कुचा मीर हाशिम बजार, चितली कबर, चाँदनी महल हिंसा भइरहेको समय घटनास्थलमा उपस्थित थिए अनि भीड़लाई उक्साउनको साथै ढुङ्गामुड़ाको घटनामा पनि सामेल थिए। दुवैलाई तकनिकी साक्ष्य तथा भीडियो फुटेजको आधारमा चिन्हित गरी पक्राउ गरिएको हो। यसपूर्व पुलिसले यस मामिलामा तुर्कमान गेट निवासी मोहम्मद नवेद, मोहम्मद फैज औ मोहम्मद उबैदुल्लाहलाई पक्राउ गरिसकेको छ
उल्लेखनीय छ, अतिक्रमण हटाउने क्रममा अचानक स्थिति तनाउपूर्ण भएको थियो। उपद्रवीहरूले पुलिस तथा नगरनिगमको टीममाथि ढुङ्गामुड़ा गर्न शुरू गरे जसबाट क्षेत्रमा भागाभागको स्थिति उत्पन्न भएको थियो। स्थितिलाई नियन्त्रण गर्नको लागि अतिरिक्त पुलिस बललाई तैनाथ गर्न परेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा