कंग्रेसका प्रदेश अध्यक्ष हाउस अरेस्ट, घरको चारैतिर ब्यारिकेडिंग
कंग्रेसका प्रदेश अध्यक्ष हाउस अरेस्ट, घरको चारैतिर ब्यारिकेडिंग


वाराणसी, 11 जनवरी(हि. स.)। कंग्रेसका प्रदेश अध्यक्ष अजय रायको चेतगञ्ज थाना क्षेत्रस्थित निजी वासस्थानको चारैतिर आइतवार बिहान ब्यारिकेडिंग लगाएर पुलिस कर्मीहरूलाई तैनाथ गरियो। साथै अजय रायलाई हाउस अरेस्ट पनि गरियो।

आफ्नो घरको चारैतिर ब्यारिकेडिंग देखेर कंग्रेसका प्रदेश अध्यक्ष अजय रायले भने, मनरेगाको नाम परिवर्तन गरेको कारणले वाराणसीमा विरोध प्रदर्शन गर्न गइरहेका उनका साथीहरू र उनलाई रोक्नको लागि हाउस अरेस्ट गरिएको छ। स्थानीय पुलिसले उनको घर बाहिर ब्यारिकेडिंग गरिदिएको छ। तथापि उनी रोकिने वा डराउनेवाला छैनन्।

यता चेतगञ्ज थानाका प्रभारी निरीक्षकले बताए, अजय रायले विरोध प्रदर्शन गर्ने घोषणा गरेका कारण उनलाई हाउस अरेस्ट गर्द उनको घर वरिपरी ब्यारिकेडिंग गरिएको हो। घटास्थलमा वाराणसी कमिश्नरेट पुलिसका अधिकारीहरू पनि उपस्थित छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande