
कानपुर, 11 जनवरी (हि.स.)। हार्ट अट्याक अर्थात हृदयाघात भइहाले रोगीहरूले डराउनको सट्टा तुरून्तै दुईवटा डिस्प्रिन ट्याबलेट चबाएर खानाले अट्याकबाट हुने खतरालाई 40 प्रतिशतसम्म रोक्न सकिन्छ। अर्थात लगभग 30 पैसामा पाइने यो ट्याबलेट रोगीको लागि कुनै सञ्जीवनीभन्दा कम छैन। अट्याक आएपछि शुरूआती चार घण्टा अत्यन्त महत्वपूर्ण हुन्छ जसलाई डाक्टरको भाषामा गोल्डन आवर भनिन्छ, तर प्रायजसो मानिसहरूले यस्तो स्थितिमा यसलाई शरीरमा ग्यासको समस्या ठानेर बेवास्ता गर्दछन् जसको परिणामस्वरूप उनीहरूले आफ्नो ज्यान गुमाउनुपर्छ।
उपरोक्त जानकारी आइतवार हृदय रोग संस्थानका निदेशक डा. राकेश वर्माले दिएका हुन्।
डा. वर्माले बताए, वर्तमान खानपान तथा व्यस्ततापूर्ण जिन्दगीमा आफ्नो खयाल नराख्नु, विशेषतः शीतलहरको बेलमा त्यसलाई अदेखा गर्नु हार्ट अट्याकको कारण बन्दछ, किनभने मानिसको शरीरमा रगत जम्न थालेपछि, त्यसले हार्ट अट्याकको रूप लिन्छ। तर यो एउटा ठूलो विडम्बना नै भएको छ कि मानिसहरूले प्रारम्भमा यसलाई अन्य नै ठान्छन् अनि समय बर्बाद बनाउँछन् जसले गर्दा उनीहरूलाई कहिले-काहीँ आफ्नो ज्यानै गुमाउनुपर्छ।
हृदयाघात भएपछि यसको पहिचान वा शुरुआती लक्षण जस्तै- छात्तीमा असहनीय पीड़ा, देब्रे हात वा गिजामा पीड़ा, कुनै पनि मौसममा अचानक पसिना आउनु तथा श्वास-प्रश्वासमा समस्या हुनु अर्थात यो गोल्डन आवरको शुरूआती चरण हो। यस्तो स्थितिमा रोगीले तत्कालै दुईवटा डिस्प्रिन ट्याबलेट राम्ररी चबाएर खानुपर्छ। चबाएर खानाले यो चाँड़ै रगतमा घोलिन्छ अनि रगत जम्ने प्रक्रियालाई मन्द बनाइदिन्छ जसबाट रोगीलाई अस्पतालसम्म पुग्नको लागि आवश्यक समय प्राप्त हुन्छ।
उनले यो पनि भने, डिस्प्रिन ट्याबलेट कुनै प्रकारको उपचार होइन, तर एकप्रकारको आपतकालीन स्थितिमा एक प्रकारको मद्दत हो जसको माध्यमबाट रोगीलाई अस्पतालमा पुग्ने समय प्राप्त हुन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा