अरुणाचल प्रदेशका राज्यपाल तीन दिवसीय सिक्किम भ्रमणमा
अरुणाचल प्रदेशका राज्यपाल तीन दिवसीय सिक्किम भ्रमणमा


गान्तोक, 11 जनवरी (हि.स.)। अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) कैवल्य त्रिविक्रम पर्नाइक तीन दिवसीय आधिकारिक भ्रमणमा सिक्किम आइपुगेका छन्। राज्यपाल पर्नाइक आज दिउॅंसो हेलिकप्टरमा राजधानीस्थित बुर्तुक हेलिप्याडमा अवतरण गरे, जहॉं सिक्किम सरकारका अधिकारी भारतीय सेनाको ब्ल्याक क्याट डिभिजनका अधिकारीहरूले उनलाई स्वागत जनाए। हेलिप्याडबाट उनी राजधानीको लोकभवन प्रस्थान भए।

आफ्नो भ्रमणका क्रममा राज्यपालले 17औं माउण्टेन डिभिजनको मुख्यालय स्थापना दिवस समारोहमा सहभागी बन्नेछन्, सेनाका वरिष्ठ अधिकारीहरूसॅंग अन्त​रक्रिया गर्नेछन् र विभिन्न कार्यक्रमहरूमा भाग लिनेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande