कुल्लूमा 524 ग्राम चरसको साथ एक पक्राउ
कुल्लूमा 524 ग्राम चरसको साथ एक पक्राउ


कुल्लू, 11 जनवरी (हि.स.)। एसटीएफको टीमद्वारा एक व्यक्तिलाई चरस तस्करीको आरोपमा पक्राउ गरिएको छ। आगामी जाँचको निम्ति आरोपीलाई सदर थानालाई सुम्पिएको छ।

गत शनिवार राति हेड कन्स्टेबल राजेशको नेतृत्वमा विशेष कार्यदल (एसटीएफ) को टोली बरोगी गाउँ नजिकै रौगीस्थित चेकपोस्टमा उपस्थित हुँदा लागूऔषध तस्करीको घटना प्रकाशमा आएको थियो। यस अवधि एक स्कूटी एचपी34ईः3818 लाई जाँचको निम्ति रोकियो। अनुसन्धानको क्रममा स्कूटी चालकको कब्जाबाट 524 ग्राम चरस जफत भयो। एसटीएफले चरसको खेप जफत गर्दै अभियुक्तलाई हिरासतमा लिएको छ।

एसटीएफ कुल्लूका डीएसपी हेमराज वर्माले भने, अभियुक्तको पहिचान ओम प्रकाश (34), बुध रामका छोरा, मालोगी गाउँ, पोस्ट अफिस रायसन, जिल्ला कुल्लुको रूपमा गरिएको छ। अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धानको लागि सदर थानालाई सुमपिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande