ब्ल्याक क्याट डिभिजनले आफ्नो ६५औँ स्थापना दिवस मनायो
Black cat division


गान्तोक, 12 जनवरी (हि.स.)। भारतीय सेनाको ब्ल्याक क्याट डिभिजनले आइतबार आफ्नो ६५औँ स्थापना दिवस (१९६०–२०२६) सगत सिंह अडिटोरियममा सैन्य गरिमा र सांस्कृतिक उल्लासका साथ मनायो।

कार्यक्रममा अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) कैवल्य त्रिविक्रम परनाइक प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनीसँगै ब्ल्याक क्याट डिभिजनका जनरल अफिसर कमान्डिङ मेजर जनरल महिपाल सिंह राठोर साथै डिभिजनसँग सम्बन्धित वर्तमान र पूर्वसैनिक अधिकारीहरू उपस्थित थिए।

कार्यक्रमको प्रमुख आकर्षण सिक्किमका विविध समुदायहरूको प्रतिनिधित्व गर्ने रंगारंग सांस्कृतिक प्रस्तुतिहरू थिए। यस क्रममा भोटिया, लेप्चा र नेपाली परम्परागत नृत्यहरू प्रस्तुत गरिनुका साथै चर्चित याक नृत्यले दर्शकहरूको मन जित्यो। कार्यक्रममा लेप्चा लोक ब्यान्ड सोफियमको मनमोहक सांगीतिक प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनायो। कार्यक्रमलाई अझ आध्यात्मिक र परम्परागत बनाउँदै प्यालेस गुम्बाका भिक्षुहरूले पवित्र धार्मिक नृत्य प्रस्तुत गरेेका थिए।

सांस्कृतिक प्रस्तुतिहरू सहज बनाउन महत्वपूर्ण भूमिकाका लागि सिक्किम सरकारको संस्कृति विभागका ओएसडी भवानी घिमिरे र याङजुम लेप्चालाई सम्मानित गरियो। यसैगरी, कलाकारहरूलाई पनि सम्मानित गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ।

स्थापना दिवस समारोहले देशको अत्यन्तै भू–रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रमा ब्ल्याक क्याट डिभिजनले साढे़ छ दशकसम्म पुर्‍याएको समर्पित सेवाप्रति सम्मान व्यक्त गर्नुका साथै सिक्किमका जीवित परम्पराहरूको उत्सव मनाउँदै भारतीय सेना र यस क्षेत्रका जनताबीचको दिगो सम्बन्धलाई थप सुदृढ़ बनाएको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande