
नाम्ची, 12 जनवरी (हि.स.)। ११औँ अखिल भारतीय मुख्यमन्त्री स्वर्णकप फुटबल प्रतियोगिताको चौथो प्रि–क्वार्टर फाइनल खेल आज प्रतियोगिताको आठौँ दिन जोरेथाङ फुटबल स्टेडियममा सम्पन्न भयो। खेल मिजोरमको रामह्लुन एफसी र जालन्धरको बीएसएफ टोलीबीच सम्पन्न भयो।
रोमाञ्चक प्रतिस्पर्धापछि जालन्धरको बीएसएफ टोलीले मिजोरमको रामह्लुन एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गर्यो। विजयी टोलीका खेलाड़ी सोमिशन शिराकलाई उत्कृष्ट प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित गरियो।यस अवसरमा गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ प्रमुख अतिथि तथा फुर तेन्जिङ भोटिया विशेष अतिथि थिए। यो प्रतियोगिता जोरथाङ फुटबल संघद्वारा सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभाग, सिक्किम फुटबल संघ तथा माघे सङ्क्रान्ति मेला २०२६ को आयोजन समितिसँगको सहकार्यमा आयोजना गरिएको हो।
---------------
हिन्दुस्थान समाचार / बिशाल