
गान्तोक, 12 जनवरी (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको गान्तोक–पाकिम जिल्ला समन्वय बैठक आज वरिष्ठ उपाध्यक्ष तथा जिल्ला प्रभारी विजय प्रधानको अध्यक्षतामा सम्पन्न भयो। पार्टी मुख्यालयमा बसेको बैठकमा कार्यकर्ताहरुबीच नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्दै तृणमूल तहमा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी कार्ययोजना लगायतका महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा जनसम्पर्क तथा संगठन विस्तार, नयाँ ऊर्जा र रणनीति र सक्रिय सदस्यहरूको सहभागिता जस्ता विषयहरुमा छलफल भएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल