तृणमूल कंग्रेसको ‘उन्नयन सम्वाद यात्रा’ शुरू
तृणमूल कंग्रेसको ‘उन्नयन सम्वाद यात्रा’ शुरू


जलपाईगुड़ी, 13 जनवरी (हि. स.)। राज्य सरकारका विकास योजनाहरूको जानकारी आम जनतासम्म पुऱ्याउन तथा उनीहरूसित सोझो सम्वाद गर्ने उद्देश्यले तृणमूल कंग्रेसद्वारा ‘उन्नयन सम्वाद यात्रा’ शुरु गरियो। मंगलवार राजगञ्ज विधानसभा क्षेत्र अन्तर्गत मनतादाड़ी ग्राम पञ्चायत क्षेत्रबाट यस यात्राको शुभारम्भ भयो। कार्यक्रमको शुभारम्भ मनतादाड़ीस्थित एक मन्दिरमा पूजा-अर्चनासितै गरियो। यो यात्रा 13 जनवरीदेखि शुरू भएर 27 जनवरीसम्म राजगञ्ज विधानसभा क्षेत्रका विभिन्न ग्राम पञ्चायतहरूसम्म पुग्नेछ। यात्राको नेतृत्व राजगञ्जका विधायक खगेश्वर रायले गरिरहेका छन्।

यात्रा अवधि लक्ष्मी भण्डार, कन्याश्री, स्वास्थ्य साथी, सबुज साथी सहित राज्य सरकारका विभिन्न जनकल्याणकारी योजनाहरूबारे मानिसहरूलाई जानकारी दिइयो। आम जनताका समस्या एवं सिकायतहरू सुनेर त्यसको समाधान गर्ने आश्वासन दिइयो।

कार्यक्रममा राजगञ्ज ब्लक तृणमूल कंग्रेस अध्यक्ष अरिन्दम ब्यनर्जी, महिला तृणमूल कंग्रेसकी नेता सर्वाणी धारा, युवा तृणमूल कंग्रेस अध्यक्ष नीलाद्री घोष सहित केही तृणमूल नेता एवं कार्यकर्ता उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande