
सिलगढ़ी, 13 जनवरी (हि. स.)। सिलगढ़ीको वार्ड नम्बर एक अन्तर्गत राजेन्द्रनगर क्षेत्रमा दुई दिनअघि सड़क दुर्घटनामा ज्यान गुमाउने नाबालिकको घरमा पुगेर मंगलवार सिलगढ़ीका मेयर गौतम देवले शोक सन्तप्त परिवारसित भेट गरी गहिरो संवेदना व्यक्त गरे।
उक्त नाबालिकको मृत्युबाट क्षेत्रमा शोक व्याप्त भएको छ। डम्परको चपेटमा नाबालिकको मृत्यु भएको थियो। मेयरले यस दुःखको घड़ीमा परिवारको साथमा रहने अनि हरसम्भव मद्दत गर्ने आश्वासन दिए।
पत्रकारहरूसित बातचित गर्दै मेयर गौतम देवले भने, शहरको माझमा भारी वाहन विशेष गरी डम्परहरूको आवागमन कुनै पनि स्थितिमा स्वीकार्य हुनेछैन। यसबाट आम नागरिक विशेष गरी बाल-बालिकाहरूको ज्यानलाई गम्भीर खतरा हुन्छ।
उनले बताए, यस मुद्दालाई लिएर नगरनिगममा चाँड़ै एउटा महत्वपूर्ण बैठक डाकिनेछ जसमा पुलिस अधिकारीहरू पनि सामेल हुनेछन्। बैठकमा डम्पर र अन्य भारी वाहनहरूको शहरमा प्रवेश तथा आवागमनको लागि समय-सीमा तय गर्नको साथै कड़ा नियम लागू गर्ने निर्णय लिइनेछ।
मेयरले भने, कुन मार्गमा कुन समयमा यस्ता वाहनहरू गुज्रिनसक्छन् भन्ने कुरा स्पष्ट रूपमा निर्धारण गरिनेछ ताकि भविष्यमा यस किसिमको दुर्घटनाहरूमाथि रोक लगाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा