
इम्फाल, 13 जनवरी (हि.स.)। मणिपुरमा पछिल्लो 24 घण्टाको अवधिमा संचालित अभियानहरूमा सुरक्षा बलहरूले हतियार तथा विस्फोटकहरू सहित सञ्चार उपकरणहरूको भण्डार जफत गर्नका साथै दुईजना उग्रवादीहरूलाई पनि पक्राउ गरेका छन्।
सुरक्षा बलहरूले मंगलवार बताए, इम्फाल पश्चिम जिल्लाको लमसांग थाना अन्तर्गत लांगोल रिजर्भ फरेस्ट हिलको लामडेंग जलापूर्ति मार्ग निकट सड़क किनारमा अभियान चलाएर भारी मात्रामा हतियार तथा विस्फोटक जफत गरियो। जफत गरिएका सामग्गरीहरूमा एउ
टा एसएलआर दुई वटा म्यागजिनसितै, दुई वटा सिंगल ब्यारल गन, तीन वटा पिस्तोल तीन वटा म्यागजिनसितै, 7.62 मिमी एसएलआरको 20 राउण्ड, एउटा नम्बर-36 एचई ग्रेनेड, आठ वटा ट्यूब लन्चिंग तथा एउटा केनवुड ह्याण्ड-हेल्ड संचार सेट सामेल छन्।
अर्को अभियानमा इम्फाल पूर्व जिल्लाको थौबल ड्याम थाना अन्तर्गत मोंघलाम क्षेत्रमा भएको लामो दूरत्वको गस्ती अवधि धातुको एउटा अज्ञात वस्तु फेला पऱ्यो जुन ‘पम्पी’ हुनसक्ने आशंका व्यक्त गरिँदैछ।
यसबीच गए 12 जनवरीमा सुरक्षा बलहरूले बलजफ्ती असुलीमा संलिप्त प्रीपाक (प्रो)- का एकजना क्याडरलाई पक्राउ गरियो जसको पहिचान हुइनिंगशुंगबाम जर्ज बुश मेइती उपनाम निंगथेम (19)-को रूपमा गरिएको छ जो इम्फाल पश्चिम जिल्लाको लम्फेल थाना अन्तर्गत लम्फेल ग्रेस कलोनीका निवासी हुन्। निंगथेमलाई थांगमेइबन्द सिनाम लेइकाईबाट पक्राउ गरिएको हो भने उबाट एउटा मोबाइल फोन जफत गरिएको छ।
यसरी नै बिष्णुपुर जिल्लाको मोइरांग थाना लेइकाईस्थित एक इन्धन स्टेशनमा भएको विस्फोटको घटनामा सामेल केवाईकेएल (जी-5)- का सक्रिय क्याडरलाई पक्राउ गरिएको छ। काकचिंग जिल्लाको वाइखोंग चिंगडोंग लेइकाई निवासी आरोपी हिजाम मणिचन्द्र सिंह (35)- लाई वाइखोंग थाना क्षेत्रको कोम्नाओ मखा लेइकाईबाट पक्राउ गरिएको हो। पक्राउ पश्चात विस्फोटमा सामेल अन्य साथीहरूलाई पनि चिन्हित गरिएको छ जसलाई पक्राउ गर्ने प्रयास जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा