
कोलकाता, 13 जनवरी (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा बूथ लेभल अफिसर (बीएलओ)-ले गरेको आत्महत्या मामिलामा पुलिसले एकजना तृणमूल कंग्रेस कार्यकर्तालाई पक्राउ गरेको छ।पुलिस अनुसार आरोपीले मृतकबाट लिइएको 20 लाख रुपियाँको ऋण फर्काउन अस्वीकार गरेको थियो जसबाट बीएलओ मानसिक तनाउमा परे।
पुलिसले बतायो, पक्राउ तृणमूल कार्यकर्ताको पहिचान रणितला थाना क्षेत्र निवासी बुलेट खानको रूपमा भएको छ भने मृतक बीएलओको नाम हमिमुल इस्लाम हो। आरोपी खानलाई लालबाग उपमण्डलीय अदालतमा गरियो जहाँबाट उसलाई पाँच दिनको पुलिस हिरासतमा पठाइयो।
शुरूमा तृणमूल कंग्रेस, मुर्शिदाबादका नेतृत्वहरूले यस मृत्युलाई मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)-सित सम्बन्धित दबावको परिणाम बताएका थिए। पार्टीले यस मुद्दालाई लिएर कोलकातास्थित पश्चिम बंगालको मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालय बाहिर प्रदर्शन समेत गरेको थियो। तथापि पुलिस जाँचमा मामिला ऋण विवादसित सम्बन्धित रहेको पत्तो लागेपछि आरोपीलाई पक्राउ गरियो।
पुलिस मुताविक गत शनिवार राती (10 जनवरी) भगवानगोला ब्लक-2 को अलाइपुर गाउँमा अवस्थित एक स्कूलबाट बीएलओ हमिमुल इस्लामको शव उद्धार गरिएको थियो। जाँचमा थाहा लाग्यो, बुलेट खानले हमिमुल इस्लामबाट 20 लाख रुपियाँ ऋण लिएको थियो र बारम्बार माग गर्दा पनि उसले उक्त ऋण फर्काउन अस्वीकार गऱ्यो। आरोप छ, ऋणको माग गर्दा खानले बीएलओको ज्यान लिने धम्की समेत दिएको थियो जसबाट बीएलओ गम्भीर मानसिक तनाउमा परे। अन्ततः उनले आत्महत्या नै गरे।
मामिलामा मृतकको परिवारको सिकायतको आधारमा आरोपीविरूद्ध आत्महत्या गर्नको लागि उक्साएको मामिला दर्ता गरिएको छ। मुर्शिदाबाद जिल्लाका एकजना वरिष्ठ पुलिस अधिकारीले भने, बुलेट खान नामक व्यक्तिलाई पक्राउ गरिएको छ जो तृणमूलसित जोड़िएको बताइँदैछ। मामिलाको जाँच जारी छ।
अर्कोतिर यस घटनाक्रममाथि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भाजपा प्रवक्ता देबजीत सरकारले भने, यो तृणमूल कंग्रेसको असली अनुहार हो।उसले बीएलओको मृत्युलाई लिएर जनतालाई भ्रमित पारिरहेको छ साथै दबाव र धम्कीको राजनीति गरिरहेको छ।
यता बीएलओ राइट्स फोरमको संयोजक बप्पादित्य ब्यनर्जीले भने, संगठनले बीएलओ कर्मीहरूको अधिकारको रक्षाको लागि संघर्ष जारी राख्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा