
उत्तर 24 परगना, 13 जनवरी (हि. स.)। जिल्लाको ब्यारकपुर अनुमण्डल कार्यालयमा मतदाता सूचीसित सम्बन्धित फारम-सात जमा गर्नेलाई लिेर मंगलवार राजनीतिक विवाद सृजना भयो। भाजपा विधायक पवन सिंह र जिल्लाध्यक्ष तापस घोषको नेतृत्वमा पार्टी प्रतिनिधिमण्डल फारम-सात जमा गर्न एसडीओ कार्यालयमा पुगे।
भाजपा नेताहरूको आरोप छ, फारम जमा गर्दा प्रशासनिक अधिकारीहरूले यसको प्रक्रियालाई लिएर असमर्थता व्यक्त गर्दै उच्च अधिकारीहरूबाट अनुमति लिने कुरा गरे। यसमा भाजपाले कड़ा विरोध गर्दै आरोप लगायो, मतदाता सूचीको शुद्धतासित सम्बन्धित संवैधनिक अधिकारहरूमा बाधा दिइँदैछ।
भाजपा नेताहरूले दाबी गरे, मतदाता सूचीबाट कथित रूपमा अवैध नामहरूलाई हटाउनको लागि फारम-सात जमा गर्नको लागि कुनै प्रकारको संख्याको सीमा छैन। पार्टीको आरोप छ, प्रशासनको भूमिका पक्षपातपूर्ण छ र उसले सत्तारूढ़ दलको दबावमा काम गरिरहेको छ।
तथापि प्रशासनको पक्षबाट यस मामिलामा कुनै आधिकारिक प्रतिक्रिया सामु आएको छैन। सूत्रानुसार अधिकारीहरूको भनाइ छ, फारम जमा गर्ने प्रक्रिया निर्धारित दिशानिर्देश अन्तर्गत गरिन्छ र सोही अनुरूप कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा