मुख्यमन्त्री नीतीश कुमारले 16 जनवरीदेखि 'समृद्धि यात्रा' गर्ने
मुख्यमन्त्री नीतीश कुमारले 16 जनवरीदेखि 'समृद्धि यात्रा' गर्ने


पटना, 13 जनवरी (हि.स.)। बिहारका मुख्यमन्त्री नीतीश कुमारले आगामी 16 जनवरीदेखि राज्यव्यापी 'समृद्धि यात्रा' -को पहिला चरण शुरू गर्न गइरहेका छन्। यस यात्राको उद्देश्य सुशासनलाई सशक्त बनाउनु तथा राज्यभरि नै भइरहेका परियोजनाहरूको धरातलीय वास्तविकताको जायजा लिनु हो।

मन्त्रीमण्डल सचिवालय विभागद्वारा जारी आधिकारिक अधिसूचना अनुसार यस यात्राको लागि व्यापक तयारी भइरहेको छ। यात्रा अवधि मुख्यमन्त्रीले विभिन्न सरकारी योजनाहरू विशेष गरी 'सात निश्चय' पहिलाबाटै जोड़िएका कार्यक्करमहरूको क्रियान्वयनको समीक्षा गर्नेछन्। उनले प्रगतिको मूल्यांकन गर्न तथा कुनै पनि बाधाको समाधान गर्नका लागि प्रमुख बुनियादी ढाँचा अनि कल्याणकारी परियोजनाहरूको निरीक्षण पनि गर्नेछन्।

'समृद्धि यात्रा'- को प्रथम चरण आगामी 16 जनवरीको दिन पश्चिमी चम्पारण, 17 जनवरीमा पूर्वी चम्पारण, 19 जनवरीमा सोमवार सीतामढ़ी एवं शिवहर, 20 जनवरी गोपालगञ्ज, 21 जनवरी सिवान, 22 जनवरी सारण, 23 जनवरी मुजफ्फरपुर र 24 जनवरीमा वैशालीमा आफ्नो समृद्धि यात्राको पहिलो चरणको समापन मुख्यमन्त्रीले गर्नेछन्।

मुख्य सचिव प्रत्यय अमृतले सबै अतिरिक्त मुख्य सचिवहरू, विभागीय प्रमुखहरू, पुलिस महानिदेशक तथा जिल्लाधिकारीहरूलाई निर्देश दिएका छन् कि उनीहरूले यात्रा अवधि समन्वय राखुन् अनि सबै आवश्यक तयारीहरू सुनिश्चित गरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande