शिक्षा विभागद्वारा कलेजका विद्यार्थीहरूका लागि शैक्षिक अनुभव भ्रमणको शुभारम्भ
शैक्षिक भ्रमण


गान्तोक, 13 जनवरी (हि.स.)। सिक्किम सरकारको उच्च शिक्षा विभागले सिक्किम सरकारी कलेजका विद्यार्थीहरूका लागि १३ जनवरीदेखि २१ जनवरीसम्म दिल्ली, आगरा र जयपुरको एक साताको शैक्षिक अनुभव भ्रमणको आयोजना गरेको छ। मंगलबार बिहान गान्तोकस्थित एसएनटी बस स्ट्यान्डबाट उक्त भ्रमणको औपचारिक शुभारम्भ गरियो।

शिक्षा विभागका प्रधान सचिव डा. सन्दीप ताम्बे तथा मुख्यमन्त्रीका कौशल विकास एवं ओएसडी रिवाज छेत्रीले संयुक्त रूपमा झण्डा हल्लाएर भ्रमणको शुभारम्भ गरे। यस शैक्षिक भ्रमणमा कुल ८७ जना कलेजका विद्यार्थी तथा चार जना प्राध्यापक सहभागी भएका छन्।

शिक्षा विभागका प्रधान सचिव डा. ताम्बेले विद्यार्थीहरूलाई यस शैक्षिक अनुभव भ्रमणबाट अधिकतम लाभ उठाउन आग्रह गर्दै सहभागी सबैलाई शुभकामना व्यक्त गरे। यस अवसरमा शिक्षा विभागका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande