
नयाँ दिल्ली, 13 जनवरी (हि.स.)। बाहिरी जिल्लाको पश्चिम विहार क्षेत्रमा गए सोमवार राती त्यसबेला सन्त्राष फैलियो जतिबेला सोशल मीडिया इनफ्लुएन्सर रोहित खत्रीको जिम बाहिर बाइक सवार दुई अज्ञात उपद्रवीहरूले गोली चलाए। उपद्रवीहरूले हावामा पाँचभन्दा अधिक राउण्ड फायर गरेपछि घटनास्थलबाट भागे। भाग्यवश घटना हुँदा जिम बन्द थियो जसबाट कुनै प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
फायरिंगको आवाज सुन्नसाथ क्षेत्रमा कोकोहोलो मचियो। सूचना पाए लगत्तै पुलिसको टीम घटनास्थलमा पुगेर जाँचमा जुट्यो। घटनास्थलबाट खाली कारतूस जफत गरिएको छ साथै वरपरका सीसीटीभी क्यामराको फुटेज जाँच गरिँदैछ। पुलिसले सम्बन्धित धाराहरूमा मामिला दर्ता गरेको छ।
यसबीच सोशल मीडियामा एउटा पोस्ट भाइरल भएको छ जसमा कुख्यात लरेन्स बिश्नोई गिरोहले उक्त घटनाको जिम्मेवारी लिएको दाबी गरिएको छ। पोस्टमा आफूलाई रन्दीप मलिक र अनिल पण्डित बताउनेहरूले भनेका छन्, जिम संचालकसित सम्पर्क गर्ने चेष्टा गरिएकोथियो, तर फोन नउठाएको कारणले फायरिंग गराइएको हो।
पोस्टमा खुल्ला धम्की दिँदै भनिएको छ, आगामी दिनमा फोन नउठाए ज्यान लिइनेछ। पुलिसले सोशल मीडिया पोस्टको प्रामाणिकताको जाँच गरिरहेको छ। यो पनि पत्तो लगाइरहेको छ, जिम संचालकलाई पहिला कुनै धम्की वा रंगदारीको माग त गरिएको थिएन। हाल क्षेत्रमा सुरक्षा बढ़ाइएको छ। पुलिस अधिकारीको भनाइ छ, सम्पूर्ण मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा