
खरसाङ, 13 जनवरी (हि.स.)। अलग राज्य गोर्खाल्याण्डको मागप्रति केन्द्रको भाजपा सरकारको ध्यानाकर्षण गर्न क्रामाकपाले 9 र 10 फरवरी, 2026 मा दिल्लीको जन्तर मन्तरमा धरना कार्यक्रम आयोजना गरिरहेको छ। सोही धरना कार्यक्रमलाई प्रभावकारी बनाउन मंगलबार क्रामाकपा दार्जिलिङ आञ्चलिक कमिटीद्वारा सोनादादेखि खरसाङसम्म व्यापक पोस्टरिङ र पर्चा वितरण गरिएको छ।
उक्त पोस्टरिङ साथै पर्चा वितरण कार्यक्रममा दार्जिलिङ आञ्चलिक कमिटीका सचिव उद्धव खनाल, सभापति कृष्णवीर राई, केन्द्रिय उपाध्यक्ष बीएम राई लगायत सोनादा जोनल 2 का जेके सुब्बा, सोनादा जोनल 1 का सभापति अकबर चाम्लिङ, अनर सुब्बा र शरद विश्व आदि उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक