पार्क सर्कस–साइन्स सिटी रूटमा सरकारी बस पल्टियो
पार्क सर्कस–साइन्स सिटी रूटमा सरकारी बस पल्टियो


कोलकाता, 13 जनवरी (हि. स.)। महानगर कोलकातामा मंगलवार बिहान पार्क सर्कसदेखि साइन्स सिटी तर्फ गइरहेको यात्रीहरूले भरिएको एक सरकारी बस तिलजला थाना अन्तर्गत तपसिया मोड़मा अनियन्त्रित भएर पल्टियो। दुर्घटनामा केही यात्रीहरू गम्भीर रूपमा घाइते भएका छन् जसलाी उपचारको निम्ति चित्तरञ्जन अस्पतालमा भर्ती गराइएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार बिहानको व्यस्त समयमा बसले अचानक नियन्त्रण गुमाएको कारणले तपसिया मोड़मा पल्टियो। त्यसपछि बसभित्र रहेका यात्रीहरूमा कोकोहोलो मचियो। दुर्घटनापछि बसको मुख्य ढोका माथितिर फसेको कारणले यात्रीहरूलाई बाहिर निकाल्न सम्भव नै भएन। स्थानीय मानिसहरूले तत्परता देखाउँदै बसको पछाड़िको शिशा भत्काएर यात्रीहरूलाई बाहिर निकाले। बसको गेटमा फसेको कण्डक्टरलाई पनि बाहिर निकालेर चित्तरञ्जन अस्पतालमा भर्ती गरियो।

घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्य शुरूर गऱ्यो। हाल पुलिसले यो जाँच गरिरहेको छ कि दुर्घटना बसको द्रूत गतिको कारणले भएको हो वा कुनै तकनिकी खराबीको कारणले। दुर्घटनापछि तपसिा मोड़मा केही समयको लागि व्यापक जामको स्थिति उत्पन्न भयो। पल्टिएको बसलाई हटाएर सड़कलाई सुचारू बनाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande