अरुणाचल प्रदेश र सिक्किमका राज्यपालहरूको शिष्टाचार भेट
Governor of Sikkim and arunachal pradesh


गान्तोक, 13 जनवरी (हि.स.)। अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) कैवल्या त्रिविक्रम परनाइकले मंगलबार बिहान राजधानीको लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेटघाट गरे।

राज्यपाल माथुरले अरुणाचल प्रदेशका राज्यपाललाई लोकभवनमा हार्दिक स्वागत गरे। यस अवसरमा राज्यपालहरूबीच सिक्किम र अरुणाचल प्रदेशबीचको सांस्कृतिक, सामाजिक तथा विकासात्मक सहकार्यका विभिन्न पक्षहरूबारे विस्तृत विचार–विमर्श भयो। साथै उत्तर–पूर्वी क्षेत्रका विशिष्टता र आपसी सहकार्यका सम्भावनाहरूबारे पनि गहन छलफल गरियो।

भेटघाटको क्रममा दुवै राज्यपालहरूले एक–अर्कालाई स्मृति–चिन्ह प्रदान गरेको लोकभवनले आज विज्ञप्तिमा जनाएको छ।

उल्लेखनीय छ, अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) कैवल्या त्रिविक्रम परनाइक सिक्किमको तीन दिवसीय भ्रमणमा गत ११ जनवरीका दिन गान्तोक आइपुगेका थिए। आफ्नो प्रवासका क्रममा उनी आइतबार भारतीय सेनाको गान्तोक आधारित ब्ल्याक क्याट डिभिजनको ६५औं स्थापना दिवसमा सहभागी बने। यसरी नै सोमबार सिक्किमका मुख्यमन्त्री पीएस तामाङले राज्यपाल परनाइकसंग लोकभवनमा शिष्टाचार भेट गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande