
गुवाहाटी, 13 जनवरी (हि.स.) । गुवाहाटी पुलिसले भारी मात्रामा हेरोइनसितै दुईजना तस्करहरूलाई आज पक्राउ गऱ्यो। पुलिसलाई प्राप्त गुप्त सूचनाको आधारमा असम पुलिसले मादक पदार्थको तस्करीविरूद्ध व्यापक कारबाही गर्दै अमिनगाउँ क्षेत्रबाट दुई वटा वाहनलाई रोकेर भारी मात्रामा हेरोइन जफत गरेको छ। यो खेपलाई छिमेकी राज्य भएर असमको बाटोबाट लगिँदैथ्यो।
पुलिस अनुसार एउटा थार वाहन (एएस-23एडी-6626) र एउटा मारुति जिम्नी वाहन (एएस-01जीएन-7404)-लाई अमिनगाउँमा रोकेर जाँच गरियो जसमा दुवै वाहनको गुप्त च्याम्बरबाट 97 वटा साबुनको डब्बाा लुकाएर राखिएको हेरोइन जफत गरियो। यीमध्ये 40 प्याकेट थारबाट र 57 प्याकेट जिम्नीबाट जफत गरिएको हो।
जफत गरिएको हेरोइनको वजन साबुनको कभरलाई छाड़ी 01 किलो 358 ग्राम रहेको बताइएको छ। यस मामिलामा दुवै वाहन चालकहरूलाई पक्राउ गरिएको छ जसको पहिचान अनवार हुसैन काजी (33), पुत्र जुनाब काजी, निवासी काजी पारा, पाल हाजी, थाना बरपेटा तथा अमिनुल सिकदर (33)- को रूपमा भएको छ।
असम पुलिस अनुसार जफत गरिएको मादक पदार्थको अन्तर्राष्ट्रिय बजारमा अनुमानितमूल्य लगभग 11 कड़ोर रुपियाँ रहेको छ। मामिलामा अग्रिम कारबाही जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा