इण्डो नेपाल मिडिया फुटबल टुर्नामेन्ट, भारतीय पत्रकारहरुको भ्रमण
Indo nepal tour


खरसाङ, 13 जनवरी (हि.स.)। भारत र नेपालका पत्रकारहरूमाझ सौहार्दपूर्ण भेटघाटका क्रममा इण्डो नेपाल मिडिया फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ।‌ पूर्वी नेपालको मेचीनगर प्रेस क्लबको आयोजनामा पूर्वी नेपालको काँकरभिट्टा उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको मिडिया फुटबल टुर्नामेन्टमा भारतबाट दुईवटा टिमहरुले भाग लिएका‌ थिए।

यस फुटबल टुर्नामेन्टमा भारतको तर्फबाट तराई प्रेस क्लब दार्जिलिङ अनि सिक्किम, दार्जिलिङ, खरसाङ, सिलगढी मिलाएर टिम इण्डियाले सहभागिता जनाएका थिए। फाइनलमा तराई प्रेस क्लब भद्रपुर प्रेस क्लबलाई 2-0 गोलले पराजित गरेर मिडिया फुटबल टुर्नामेन्टको उपाधि आफ्नो नाम गर्न सफल बन्यो।

भारतीय पत्रकारहरुको टोलीलाई पत्रकार प्रशान्त आचार्यले अगुवाई गरेका थिए। भारतीय पत्रकारहरुलाई मेचीनगर प्रेस क्लबको तर्फबाट काकरभिट्टामा स्वागत गरिएको थियो। भारतीय पत्रकारहरुले काकरभिट्टाको पर्यटकीय स्थलहरू देवकोटा पार्क भ्रमण गरेका थिए। यसैगरी, मेचीनगर नगरपालिकाको वार्ड नम्बर 4 स्थित बाहुनडाँगीमा हुन लागिरहेको दुई दिवसीय 'अन्तरराष्ट्रिय तरुल महोत्सव' सम्बन्धित पत्रकार सम्मेलनमा सहभागी बने।

उल्लेख्य, यस भ्रमणको उद्देश्य नेपालका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्नु पनि रहेको थियो। खेलकुद र पर्यटनमार्फत् भारत र नेपालका पत्रकारहरूमाझ सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथमा आयोजना गरिएको यस कार्यक्रमले एउटा उत्कृष्ट परिणाम प्राप्त भएको दुवै देशका पत्रकारहरुले महसुस गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande