निपाह वायरसलाई लिएर झारखण्ड अलर्ट छ: मन्त्री
निपाह वायरसलाई लिएर झारखण्ड अलर्ट छ: मन्त्री


राँची, 13 जनवरी (हि.स.)। पश्चिम बंगालमा निपाह भाइरसबाट दुईजना मानिसहरूको मृत्यु भएपछि झारखण्ड सरकार पूर्ण सतर्कत भएको छ।स्वास्थ्य मन्त्री डा. इरफान अन्सारीले मंगलवार राज्यका सबै जिल्लाहरूका सिभिल सर्जनहरूलाई अलर्ट मोडमा बस्ने निर्देश दिएका छन्। यस सम्बन्धमा स्वास्थ्य विभागका अप्पर मुख्य सचिव अजय कुमार सिंहलाई पनि आवश्यक दिशानिर्देश दिइएको छ।

निपाह भाइरसका प्रमुख लक्षणहरूमा शुरुआती ज्वरो, टाउको दुख्नु, खाोकी, श्वास-प्रश्वासमा समस्या, घाँटी चिलाउनु, मस्तिष्कमा तीव्र प्रभाव (ब्रेन अट्याक), मस्तिष्क सुनिनु (एन्सेफेलाइटिस) तथा कोमा जस्तो गम्भीर स्थिति सामेल छन्।

स्वास्थ्य मन्त्रीद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ, यो एक अत्यन्त खतरनाक जनावरबाट मनुष्यमा फैलिने (जुनोटिक) बिमारी हो। निपाह भाइरसल मुख्य रूपमा फल खाने चमेरा (फ्रुट ब्याट)-फैलिन्छ। यस अतिरिक्त संक्रमित जनावर विशेष गरी सुँगुरको सोझो सम्पर्क, त्यसको संक्रमित मासु सेवन वा संक्रमित व्यक्तिको शरीरबाट निक्लिने द्रव्य (जस्तै राल, रक्त आदि)-को सोझो सम्पर्कमा आउनाले पनि यो संक्रमण फैलिनसक्छ।

यस बिमारीको मृत्यु दर (फ्याटेलिटी रेट) धेरै छ जुन प्रकोपको स्थिति अनुसार 40 प्रतिशतदेखि 75 प्रतिशतसम्म हुनसक्छ। त्यसैले निपाह भाइरसलाई अत्यन्त गम्भीर र घातक रोग मानिन्छ।

स्वास्थ्य मन्त्री डा. इरफान अन्सारीले स्पष्ट निर्देश दिएका छन्, सबै जिल्लाहरूमा कड़ा निगरानी, तत्कालि रिपोर्टिंग व्यवस्था तथा जनजागरूकता कार्यक्रम संचालन गरियोस् ताकि मानिसहरूलाई यस बिमारीको लक्षण, बचाउ अनि सतर्कताको पूर्ण जानकारी प्राप्त हुन सकोस् अनि झारखण्डमा कोही पनि प्रकोपमा पर्न नसकोस्।

नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande