कुकुरको हमलादेखि बच्ने चेष्टा गर्दा ज्यानै गुमाउनु पऱ्यो
कुकुरको हमलादेखि बच्ने चेष्टा गर्दा ज्यानै गुमाउनु पऱ्यो


नयाँ दिल्ली, 13 जनवरी (हि.स.)। दक्षिण-पूर्वी जिल्लाको कालिन्दी कुञ्ज क्षेत्रमा गत शनिवार कुकुरको हमलादेखि बच्ने प्रयास गर्दा एकजना 29 वर्षीय युवकको ज्यान गयो भने उसको साथी घाइते भयो। दुर्घटना त्यसबेला भएको हो जतिबेला दुवै युवक बाइकमा सवार भएर एकजना परिचितको खोजीमा यमुनाको एक खाली मैदान तर्फ गइरहेका थिए। मृतकको पहिचान तुषार कुमार उपनाम एटीएसको रूपमा भएको छ।

दुर्घटनामा घाइते युवक सुधाकर सिंह (29)-ले पुलिसलाई दिएको सिकायतमा बताए, पेशाले फार्मासिस्ट सुधाकर मदनपुर खादर क्षेत्रमा बस्छन्।सुधाकरले पुलिसलाई बताए, गत 10 जनवरीको राती लगभग 10:30 बजे तिनी आफ्नो मेडिकल स्टोर बन्द गरेर बाहिर गएका थिए। यसैबेला तिनको भेट साथी तुषारसित भो। सुधाकरले तुषारलाई बताए, उनको मामाकी छोरा घरमा झगड़ा गरेर कतै गएको छ। मामाको छोरालाई खोज्नको लागि हामी दुवै बाइकमा गयौं। बाइक तुषारले चलाइरहेको थियो। सुधाकरले बताए, हामी पहिला समोसा चौक, बबलू डेयरी, शनिवार मार्केट हुँदै श्रीराम चौकदेखि मुनि यमुना तर्फ खाली मैदानमा पुग्यौं। यसैबेला अचानक 4-5 वटा कुकुर उनीहरू भएतर्फ दौड़ेर आइरहेका थिए जसबाट डराेर तुषारले बाइकको गति बढ़ाए। बाइकलो लाइट बिग्रिएको थियो जसले गर्दा बाइक माटोको थुप्रोमा चढ़्यो अनि हामी खाल्डोमा लड्यौं। म (सुधाकर) अगाड़ितिर उछिटिएर झरें भने तुषारको टाउको जमीनमा बजारियो। दुर्घटनापछि तुषारको मुखबाट रगत बग्न थाल्यो। यसै अवधि तुषारकी बहिनीको फोन आयो जसलाई दुर्घटनाको जानकारी दिएँ। केही समयपछि परिवारका सदस्यहरू सहित अन्य मानिसहरू घटनास्थलमा आए अनि तुषारलाई अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। पुलिसले सुधाकरको बयानमा गत 11 जनवरीको दिन मुद्दा दर्ता गऱ्यो। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande