
नयाँ दिल्ली, 13 जनवरी (हि.स.)। दिल्ली सरकारका क्याबिनेट मन्त्री कपिल मिश्राले मंगलवार गत 6 जनवरीको दिन दिल्ली विधआनसभामा भएको घटनालाई लिएर नेता प्रतिपक्ष आतिशी मार्लेनामाथि चर्को प्रहार गरे। उनले भने, यो विवाद सिख धर्मका नवौं गुरू गुरू तेग बहादुर, भाइ मतीदास, भाइ सतीदास तथा भाइ दयालाजीको 350औं शहादत वर्षगाँठमाथि भएको चर्चा अवधि कथित रूपमा आपत्तिजनक भाषा प्रयोगसित सम्बन्धित छ।
दिल्ली सचिवालयमा आयोजित पत्रकार वार्तालाई सम्बोधन गर्दै मिश्राले भने, यस घटनालाई दिल्ली विधानसभाको इतिहासमा अपवित्रताको संज्ञा दिइयो। उनले भने, अतिशीद्वारा बोलिएका शब्दहरू आस्थाविरूद्ध छन् र यसलाई कुनै पनि स्थितिमा जायज ठहराउन सकिँदैन।
कपिल मिश्राले आरोप लगाए, घटना भएदेखि आतिशी मीडिया, जनता र विधानसभाबाट हराएकी छन्। उनले भने, विधानसभा अध्यक्षले बारम्बार बोलाउँदा पनि आतिशीले अहिलेसम्म सदनमा आएर आफ्नो स्थिति स्पष्ट पारेकी छैनन्।
मन्त्रीले आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई लक्षित गर्द आरोप लगाए, उनको निर्देशमै यो सम्पूर्ण मामिलालाई दबाउनको लागि पञ्जाब सरकार तथा पञ्जाब पुलिसका संसाधनहरूको दुरूपयोग गरियो। उनले दाबी गरे, झुटो मुद्दा दर्ता गरियो साथै डर देखाउने, धम्की दिने चेष्टा पनि गरियो।
कपिल मिश्राले भने, यो मामिलाकुनै राजनीतिक दलको होइन जबकि आस्था र विधानसभाको गरिमासित जोड़िएको छ। उनले स्पष्ट पारे, उनलाई कुनै पनि मुद्दा, पक्राउ वा जेल जानदेखि डर छैन। यो लड़ाईँ कानूनी र राजनीतिक दुवै स्तरमा जारी रहनेछ।
यस अवधि कपिल मिश्राले “आतिशी मार्लेना कहाँ छौ?” लेखिएको पोस्टर पनि देखाउँदै माग गरे, आतिशीले भाग्न वा लुक्नको सट्टा मीडिया एवं जनता सामु आएर विधानसभाको प्रिभिलेज कमिटी तथा कानूनी प्रक्रियाको सामना गरुन्। अन्तमा उनले पञ्जाब पुलिससित अपील गरे, राजनीतिक मामिलामा अल्झिनको सट्टा राज्यको सुरक्षामा ध्यान दिइयोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा