
गंगासागर, 13 जनवरी (हि. स.)। नववर्षको आगमनसितै बंगालका सबैभन्दा विशाल धार्मिक आयोजनहरूमा सामेल गंगासागर मेलामा एक जना अनौठो साधुले सबैको ध्यान आकर्षित गरेका छन्। महाकुम्भमा भाइरल भएका ‘आईआईटी बाबा’ पश्चात अब गंगासागर मेलामा लाइट बाबा चर्चाको केन्द्रमा छन्। उनको अनौठो वेशभूषा तथा शैलीलाई लिएर श्रद्धालुहरूबीच विशेष उत्साह देखिँदैछ।
कुम्भ मेला नभएको कारण यस वर्ष गंगासागर मेलामा साधु-सन्तहरू पहिलाबाटै भेला हुन शुरू गरेका छन्। देशका विभिन्न भागहरूबाट साधु-सन्यासीहरू यस पवित्र धाममा आएका छन्। यसबीच लाइट बाबालाई आफ्नो भिन्नै पहिचानको कारण भीड़भन्दा भिन्नै देखिँदैछ।
लाइट बाबाका स्वरूप अन्य साधुहरूभन्दा पूर्ण रूपले भिन्न छ। उनको दाहिते हात छैन। आँखामा चश्मा, शरीरभरि नै भस्म तथा आफ्नो निश्चित आसनमा बसेर एउटा भिन्नै माहोल बनाइरहेका छन्। सबैभन्दा आकर्षणको कुरा के छ भने उनको शरीरमा रंग-बिरंगी लाइटहरू जड़ान गरिएको छ। राति अँध्यारोमा यी लाइटहरू चम्किँदा कतिपय मानिसहरूलाई उनको छविले कुनै रकस्टारको मञ्चीय उपस्थितिलाई स्मरण गराउँछ।
उनको यस अनौठो छविले श्रद्धालहरूको ध्यान आकर्षित गरेको छ। गंगासांगर मेलामा आउने अधिकांश मानिसहरू नै उनको कुटिर नजिक पुगिरहेका छन्। कोही आशीर्वाद लिने इच्छाले आइरहेका छन् भनेकोही मोबाइलको क्यामरामा यी अनौठोसाधुलाई कैद गर्नमा व्यस्त छन्। सोशल मीडियामा तस्वीर तथा भीडियो भाइरल भएपछि लाइट बाबाको लोकप्रियता झन् बढ़ेको छ।
उल्लेखनीय छ, मकर संक्रान्तिको अवसरमा गंगासागर मेलामा देश-विदेशबाट लाखौं श्रद्धालुहरू पुण्यस्नान गर्नको लागि भेला भइरहेका छन्। नागा साधु, अघोरी औ विभिन्न अखाड़हरूका साधु-सन्तहरूको उपस्थितिले सागरद्वीप आध्यात्मिक वातारणमा रंगिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा